काठमाडौं,
पौष १५ ।
गायीका आकांक्षा बस्यालको ‘तिमीलाई छुदै’ सार्बजनिक भएको छ । प्रेम र प्रेमको रमाईलो पक्षलाई कैद गरिएको भिडीयोमा जीबन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ । विरगन्जमा छायाँकन गरिएको सार्बजनिक भिडीयो राम्रो बनेको छ ।
यस अघि समेत थुप्रै हिट नम्बर बजारमा ल्याइसकेकी गायीका बस्यालको सार्बजनिक गीतमा राजु सिङको सङ्गीत र डीपी खनालको शब्द रहेको छ ।
निकेस खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा,बिकास धमालाको सम्पादन, उज्वल ढकालको कलर र बुद्ध थापाको क्यामरा समाबेस रहेको छ ।






