सरोजको कालो बादल… (भिडियोसहित)

काठमाडौं,
पौष ३ ।

गायक सरोज दत्त कालो बादल लिएर आएका छन् । उनले कालो बादल…को म्युजिक भिडियो सार्वजनिक भएको हुन् ।
भिडियोमा अम्बिका अधिकारी र बाम्बे आने मर्लिनले फिचरिङ गरेका छन् ।

उग्रडिजाइन डटकमले सम्पादन र निर्देशन गरेको भिडियोलाई पुरानो शैलीमा देखाउन विभिन्न इफेक्ट्सहरुको प्रयोग गर्दै श्यामस्वेतमा निर्माण गरिएको छ ।

‘जुनी जुनीलाई’, ‘दिन ढल्यो रात बित्यो’, ‘ओठदेखि’, ‘चरी उड्यो आकाश मै भरर’ र ‘भैगो’लगायतका चर्चित गीत दिइसकेका गायक सरोजले यो नयाँ गीत ‘भयंकर व्याण्ड’को कम्पोजिसन तथा उत्पादनमा बजारमा ल्याएका हुन् ।

व्याण्डमा बेस गीतारमा रोविन तामाङ, लिड गितारमा अनुपम राई, रिदम गितारमा सिद्धार्थ विष्ट र ड्रममा सुलोभ त्रिपाठी छन् । भिडियोमा सञ्जीवनी राईको विशेष सहयोग छ ।

भिडियोलाई व्याण्डले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ । गीतको रेकर्डिङ अमेरिकाको कोलोराडोमा रहेको माउण्ट गोर्खा स्टुडियोमा गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार