गायिका पनि अब, नायिका सारिका

काठमाडौं,
भाद्र २८ ।

नायिका भएर रङ्गीन पर्दाबाट धेरैको मन मस्तिकमा राज गर्न सफल सारिका घिमिरे गायिकाका रुपमा आएकी छन् । उनको एल्वम ‘मोहनी’ आज राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएसँगै उनको परिचयमा अब गायिका पनि थपिएको हो ।

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, वरिष्ठ गायिका सङ्गीता राना, वरिष्ठ सङ्गीतकार राजु सिंह, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, सङ्गीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, गायिकाकी आमा रमा घिमिरेले मोहनी एल्वमको लोर्कापण गरेका हुन् ।

यस एल्वम भित्र चार वटा गीत सङ्ग्रहित रहेका छन् । रमेश थापा मगरको शब्द तथा जीतेन लेप्चाको सङ्गीत रहेको के देखेर माया लायौ, शान्तिप्रियको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको मुलको पानी, सारिका घिमिरेको शब्द तथा सारिकाकै सङ्गीत रहेको छमछम, सारिका घिमिरे कै शब्द तथा डेनी निरौलाको सङ्गीत रहेको सान्नानीबोलको गीतहरु रहेका छन् । यस एल्बमको दुई गीतमा गायिका घिमिरेको आफ्नै शब्द रहेको छ भने एउटा गीतमा सङ्गीत पनि उनले भरेकी छिन् ।

कार्यक्रममा उनको एकल एल्वम ‘मोहनी’ भित्र सङ्ग्रहीत ‘के देख्यौ माया लायौ….’को भिडियो देखाइएको थियो । भिडियोमा गायिका आफैं मोडलको रुपमा देखीएकी छिन् भने उनलाई पुष्पल खड्काले साथ दिएका छन् । जितेन लेप्चाको सङ्गीत रहेको यस गीतलाई रमेश थापा मगरले लेखेका हुन् । सुव्रत आचार्यले निर्देशन गरेको भिडियोलाई भरत रेग्मीले निकैनै आकर्षक ग्राफिक्स्को साथमा सम्पादन गरेका छन् ।

अभिनय क्षेत्रमा सक्रिय रहेकी घिमिरेको पहिलो प्रयासलाई अतिथि तथा पत्रकारहरुले खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि शम्भुजित बाँस्कोटाले चलचित्र क्षेत्रमा जस्तै नेपाली साङ्गीतिक क्षेत्रमा पनि नयाँ इटा थप्दै जाने र सारिकाको भविष्य उज्ज्वल रहने बताए भने सङ्गीतकार राजु सिंहले पनि गायिकाको खुलेरै प्रसंशा गर्दै शुभकामना दिएका थिए । बरिष्ठ निर्देशक-कलाकार मोहन निरौला, सङ्गीतकार अर्जुन पोखरेल, निर्देशक सुब्रत आचार्य लगायतले लोकार्पण भएको एल्बमको शुभकामना दिएका थिए भने सन्तोष श्रेष्ठले एल्बमको समिक्षा गरेका थिए ।

‘अभिनय र गायन दुवैलाईसँगै लैजान्छु । मेरो लागि दुवै प्यारा छन् । गायन र अभिनय मेरो रुची र चाहनाको क्षेत्र हो । सङ्गीतको औपचारिक शिक्षा समेत लिएकी छु’, सारिकाले भनिन् ।

नायिका सारिका घिमिरे चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनहरुमा व्यस्त छिन् । उनको अभिनयलाई दर्शकले रुचाएका पनि छन् । दर्शन चलचित्र, चार दर्जन भन्दा बढि म्युजिक भिडियो तथा एक दर्जन जति विज्ञापनमा अभिनय गरी सकेकी घिमिरेको नयाँ परिचयलाई उनले कसरी अगाडी बढाउने हुन त्यो त आउने समयले नै बताउँला ।

आगो–२, जीवन काडाँ की फूल, रक्तभोग, रामकुमारीलगायतका फरक विषयवस्तुका चलचित्रमा अभिनय गरेकी सारिकाको नयाँ परिचयका लागि मिलापको हार्दिक बधाई तथा शुभकामना ।

https://www.youtube.com/watch?v=_Z0B4Pj6cHw&feature=youtu.be

यसमा तपाइको मत

अन्य समाचार