काठमाडौं,
श्रावण २१ ।
गायिका आगन्तुक खरेलले तीजको अवसर ‘बरीलै रमाइलो तीजमा…’ ल्याएकी छन् । गीत यूट्युबमार्फत सार्वजनिक भएको हो । बिजु बज्रद्वारा सङ्गीतबद्ध तथा रचना गरिएको उक्त गीतको म्युजिक भिडियोलाई बज्रले नै निर्देशन गरेका छन् ।
गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा मोडल सुष्मा थापाले कम्मर मर्काएका छन् साथै गायिका खरेल तथा उनकी छोरीले पनि कम्मर मर्काएका छन् । अजय रेग्मीद्वारा छायाँकन गरिएको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।
यस्तो छ गीतको भिडियोः-






