काठमाडौं,
श्रावण १३ ।
अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता पल शाह ‘भिरको बाटो’मा देखिएका छन् । उनीहरु संचारकर्मी सूरज श्रेष्ठको निर्देशन गरेको गीत भिरको बाटोमा सँगै देखिएका हुन् । रोनन सुब्बाको स्वर रहेको ‘भिरको बाटो’मा शब्द सङ्गीत डम्बर नेपालीको छ, भने सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियो ह्वाइट प्लस एभि प्रोडक्शनबाट निर्माण भएको हो ।
भिडियो अहिलेको परिवेश अनुसार दर्शक छ । जुन सबैले रुचाउने निर्देशक श्रेष्ठले बताए । भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काले निकै आकर्षक तरिकाले कम्मर मर्काएकी छन् ।
यस्तो छ गीतको भिडियोः-






