काठमाडौं,
श्रावण १० ।
फ्लाईटेक इन्टरनेशनल यस वर्षको ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड–२०१७’ मा छनोट भएको छ । विश्वप्रशिद्ध कम्पनीहरुलाई केही वर्षयता प्रदान गरिँदै आएको यो अवार्ड पहिलोपटक नेपालबाट फ्लाईटेक छनोट भएको हो ।
‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ अवार्डमा विश्वका चर्चित तथा गुणस्तरिय कम्पनीहरु मात्र छनोटमा पर्ने गरेको छन् । यस अवार्डमा कम्पनीहरुलाई गुणस्तरिय, विजनेश टे«ेडमार्क, टेक्नोलोजी र खोजमूलक उत्पादनको आधारमा प्रदान गरिन्छ । यो अवार्ड गुणस्तर, नेतृत्व, योजना र लक्ष्यलगायत १३ विधामा प्रदान गरिँदै आएको छ । यसअघि राजधानीको नेपाल पर्यटन बोर्डमा हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आयोजना गरेको नेपाल हस्पिटालिटी एवार्ड २०७३ कार्यक्रममा पनि संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्गले फ्लाईटेक इन्टरनेशनललाई वेस्ट एयरहोस्टेस एकेडमी एवार्ड प्रदान गरेका थिए । 
फ्लाईटेक कुसल नेतृत्व तथा गुणास्तरिय उत्पादन अन्र्तगत अवार्डमा परेको हो । पुतलीसडकमा अवस्थित नेपालकै प्रथम अन्तर्राष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनललाई एक दशक लामो समयदेखि एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था हो । यसले सयौं विधार्थीहरुलाई विश्वका ७० भन्दा बढि प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भइसकेको छ ।
लामो समयदेखि एयरहोस्टेस उत्पादन गर्दै आएको फ्लाईटेक यसपटक ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’मा परेको फ्लाईटकका प्रबन्ध निर्देशक नाजिर हुसैनले जानकारी गराए । उनका अनुसार यो अवार्ड आगामी आउँदो २१ र २२ अक्टुबरमा फ्रान्सको राजधानी पेरिसमा हुने ‘बिआईडी इन्टरनेशनल क्वालिटी कन्भेन्सन’मा प्रदान गरिने छ ।
‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ मा विश्वका चर्चित तथा गुणस्तरिय कम्पनीहरु मात्र छनोटमा पर्ने गरेका छन् । यो अवार्ड कम्पनीहरुलाई गुणस्तर, विजनेश टे«ेडमार्क, टेक्नोलोजी र खोजमूलक उत्पादनको आधारमा प्रदान गरिन्छ ।






