मनिषाले चुमिन मिस ब्युटी क्विनको ताज

काठमाडौं,
श्रावण ६ ।

मनिषा पाण्डेले चुमेकी छन् मिस ब्युटि क्विन नेपाल २०१७ को ताज । उनले आफ्ना १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै यो ताज चुम्न सफल भएकी हुन् । मनिषले शिर्ष उपाधिसँगै मस्ट ईन्टिलिजिन्ट र मस्ट पपुलर पनि हात पारेकी छन् । प्रतियोगितामा फस्ट रनरअप तथा मस्ट ब्युटिफुलको उपाधि निमा शेर्पाले हात पारिन् भने सेकेन्ड रनरअपको उपाधिसँगै मस्ट एक्टिभमा सुशिला श्रेष्ठ र थर्ड रनरअपको उपाधी सहित मस्ट कन्फिडेन्समा शर्मिला विश्वकर्माले हात पारेका छन् ।
एमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताको अन्य सबटाईटलमा बेस्ट ट्यालेन्ट मनिषा थापा, बेस्ट हेयर हेमकला नाल्बो, बेस्ट स्किन जेबिना लोहनी, बेस्ट क्याटवाक ममता तामाङ्, बेस्ट स्माईल तथा मस्ट पपुलरमा इन्दिरा श्रेष्ठ, बेस्ट डिसिप्लिन म्यागी लामा, मस्ट चार्मिङ अन्जु आले मगर, मस्ट स्मार्ट अन्जना केसी , बेस्ट कम्प्लेक्सन तथा बेस्ट ड्रेस्स कुमारी रमिला राई र मस्ट स्टाईलिस एल्गिना राईले हात पारे ।

विजेता मनिषाले उपाधिसँगै आर्टिस्ट नेपाल, सिल्क हेयर, कोजी ब्युटी सलोनको तर्फबाट बिभिन्न गिफ्ट ह्यापर प्राप्त गरेकी छिन् । कार्यक्रमको सञ्चालन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन ।

तस्बिरः कुबेर तामाङ् , मन्जु चित्रकार (आर्टिस्ट नेपाल स्टुडियो)  

यसमा तपाइको मत

अन्य समाचार