रकस्टार लिएर आए सुदिप

काठमाडौं,
श्रावण ६ ।

रक गायक सुदिप कुमार थकालीले ‘रकस्टार’ एल्बम लिएर आएका छन् । बिगत लामो समय देखि जापान बस्दै आएका सुदिपको ‘रकस्टार’ राजधानीमा एक समारोहकाबीच बिमोचन गरिएको छ । प्रमुख अतिथि बरिष्ट सङ्गीतकार दिपक जंगम तथा सङ्गीतकार प्रदिम बम्जन संगीता प्रधान तथा सङ्गीतकार राम सिटौला तथा अन्य धेरै नायक नायिका, गायक गायिका, कलाकार तथा पत्रकारहरुकोबीचमा एल्बम सार्वजनिक गरिएको हो ।
एलब्ममा रहेका गीतहरुले दर्शक–स्रोताको मन जित्ने आफूले अपेक्षा लिएको गायक सुदिपले उक्त अवसरमा बताए । अतिथिहरुले एल्बममा रहेका गीतहरु राम्रा रहेका भन्दै उनलाई शुभकामना तथा बधाई दिएका थिए ।
‘रक्स्टार’मा सात वटा गीतहरु रहेका छन् । जसमा गायक सुदिपकुमार थकाली, गायक उदेश श्रेष्ठ र आशु लामाको शब्द सङ्गीत रहेको छ । विमोचन समारोहमा एल्बममा रहेको ‘उडि जाने पन्छी…’ नामक गीतको भिडियो समेत देखाइएको थियो । सुब्रत आचार्यले निर्देशन गरेको भिडियोमा नायिका तथा मोडल सुष्मा कार्की र निरन्जन प्रधानलाई फिचरिङ् गरिएको छ ।
यस्तो छ भिडियोः–

यसमा तपाइको मत

अन्य समाचार