काठमाडौं,
आषाढ १० ।
राजेश राईको आवाज रहेको ‘ए कान्छी…’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । क्यामेराम्यान ज्ञानेन्द्र शर्माको र राजेश राईसंगको सहकार्यमा भिडियो बजारमा आएको छ । डान्स ग्रुप भिमफेदी गाइजलाई राखिएको यस भिडियोमा मोडल अलिशा राईले साथ दिएकी छिन् ।
भिडियोमा भिमफेदी गाइजले न्रित्य साथै कमेडी देखाएका छन र मोडल अलिशाको अभिनय देख्न सकिन्छ । रहरै रहर एल्बममा समाबेश उक्त गीतलाई भिम राईले लेखेका हुन् भने गायक राजेश राईले सङ्गीत र बिनय केटुको सङ्गीत संयोजन रहेको छ ।
भिडियोमा कोरेओग्राफी भिमफेदी गाइजकै रहेको छ भने मेकअप सन्ध्या पुन र सम्पादन निशान घिमिरेको रहेको छ । भिडियोलाई छायाँकन तथा निर्देशन ज्ञानेन्द्र शर्माले गरेका छन् ।






