एक सफल कलाकारको मुख्य सम्पत्ती भनेको नै अवार्ड हो –  नायक नवराज श्रेष्ठ

 

 

काठमाडौँ : “एकदिनको कुरा हो एकजना सिनियर दाईले मलाई सोध्नुभयो नवराज तिमी हिरो बन्ने हो ? मैले भने, दाई ! म हिरो बन्नको लागि त हजुरकोपछि लागेको नि ?मेरो जवाफपछि उहाँले मलाई भन्नुभयो ‘त्यसोभए मेरो खातामा २ लाख डिपोजिट गरिदिनु’ म अवाक् भएँ, हिरो भएर त पैसा कमाउँछ पोभन्थे उल्टो पैसा तिरेर म किन हिरो बन्नुपर्ने ?त्यो कुराले मेरो मनमा च्वास्स घोच्यो,कताकता स्वाभिमानमा ठेस लाग्न पुगेजस्तो भयो, कलाकारिता प्रतिनै एक किसिमको नेगेटिभ छाप पैदा भयो । त्यहि ईगोले गर्दाखेरि मैले फिल्म लाईनलाई चटक्कै छोडेर पढाईको सिलसिलामा अमेरिका छिरें ।” –  सिनेनायक नवराज श्रेष्ठ

सिन्धुली जिल्ला डुम्रेवास नगरपालिका वडा नं ४ मा जन्मिएर अमेरिकाको कोलोराडो डेनभरलाई कर्मथलो बनाउनुभएको सिने नायक नवराज श्रेष्ठबालककालदेखि जिज्ञासु प्रकृतीको हुनुहुन्थ्यो । सानैदखि उहाँको मनमा समाजको लागि केहि न केहि योगदान गरुँ भन्ने भावना पलाईरहन्थ्यो । देशप्रतिकोमायाँ,तीब्र ईच्छ्या शक्ति र मेहनतको कारण उहाँ हरक्षेत्रमा अगाडी बढ्न थाल्नुभयो । फलस्वरुप उहाँलाई उल्लेखनिय सफलता पनि हात पर्दै गयो । पढाईमापनि उहाँ निकै तिक्ष्ण हुनुहुन्थ्यो । जसको कारण उहाँ उच्च शिक्षा हासिल गर्ने सिलसिलामा करिब डेढ दशक अगाडि  अगाडि अमेरिका छिर्नुभयो ।अमेरिकामा रहेर पढाईको साथसाथै काम पनि गर्न थाल्नुभयो ।

महात्वाकांक्षी प्रवृर्तिका सिने नायक नवराज श्रेष्ठ सानो सानो काममा मात्रै सन्तुष्ट भएर रहन सक्नुभएन । कामको साथसाथै उहाँले क्युरियो व्यवसायमा पनिहात हाल्नुभयो । यसको साथै नेपाली तथा थाई फुडको रेष्टुरेन्ट व्यवसाय पनि गर्न थाल्नुभयो । अमेरिकामा हालसम्मपनि उहाँको कन्भीनेन्स एवं क्युरियोव्यवसाय राम्रोसँग चलिरहेको छ । एउटा व्यवसायी,समाजसेवी,कलाकार,सामाजिक अभियन्ताको रुपमा रहेर बिभिन्न क्षेत्रमा कृयाशिल रुपले काम गर्दैआउनुभएका नवराज श्रेष्ठ आफूलाई एक कलाकार भन्न रुचाउनुहुन्छ । सानैदेखि कलाकारितामा बिशेष रुचि राख्ने श्री श्रेष्ठले बसन्त श्रेस्ठबाट नृत्य प्रशिक्षणलिनुको साथै बिभिन्न नाटक,टेलिसिरियलमा समेत अभिनय गरिसक्नुभएको छ ।  साथी भाईको  सल्लाह सुझाव र आग्रहबाट उहाँ पुनः नेपाली सिनेजगतमा कमब्याक गरिसक्नुभएको छ । उहाँको जीवनीसँग मेल खाने पहिलो फिल्म कल्याण घिमिरेको ‘आखिर किन ‘ थियो जसमा उहाँले साईनपनिगर्नुभएको थियो । जुन प्राविधिक कारणले छायांकन हुन सकिरहेको छैन ।

यी लगायत उहाँले ‘गुडलक’ र ‘स्काउट’ जस्ता फिल्महरुमा एउटा सफल नायकको भूमिका निर्वाह गरिसक्नुभएको छ । व्यापारको साथसाथै उहाँसमाजसेवामा पनि कृयाशिल हुनुहुन्छ । World friendship and peace campion को संस्थापक अध्यक्ष,American Nepalese Association कोसदस्य,Rocky Mountain Friends Nepal, नेपाली घर,एन आरएनए युएसए को लाईफ मेम्बर, ग्लोवल नेपाली फिल्म अवार्डको संस्थापक अध्यक्ष  एवंअमेरिका नेपाल टेलिभिजन जस्ता दर्जनौ संघ संस्थामा आवद्ध रहेर काम गरिरहनुभएका श्री श्रेष्ठ आफ्नो ससुरा Lion past district governor स्वर्गिय रामबहादुर श्रेष्ठ र Helping Hands Health Education International को संस्थापक अध्यक्ष काका ससुरा नारायण श्रेष्ठको प्रेरणाबाट समाजसेवामा लागेकोबताउनुहुन्छ । यसका साथै सामाजिक काममा अघि बढ्न उहाँकी श्रीमती दिना श्रेष्ठको पनि ठूलो देन रहेको छ  । श्रीमती दिना श्रेष्ठ र छोरा नदिर श्रेष्ठकोसाथमा उहाँ अमेरिकाको कोलोराडो डेनभरमा बस्नुहुन्छ । Helping Hands Health Education International  नामक संस्थाको सहयोगमा उहाँले आफूजन्मेको जन्मस्थल सिन्धुलीको माटोमा स्वास्थ्य क्षेत्रमा बिशेष योगदान गर्ने उद्देश्यले सन् २०११ को सेप्टेम्वर र जुन महिनामा अमेरिका,क्यानाडा रईङ्गल्याण्डबाट डाक्टरहरु झिकाई आफ्नो गृहजिल्लामा ८ दिने बृहत स्वास्थ्य शिविर चलाउनुभएको थियो । जसको प्रतिनिधित्व Helping Hands Health Education International ले गरेको थियो । जसमा ७००० देखि ८००० जना स्थानिय बिरामीहरु लाभान्वित भएका थिए ।

यसको अलावा उहाँले गरिब तथा जेहेन्दार छात्र छात्राहरुको पठनपाठनको लागि पनि नीजि रुपमा सहयोग गर्दै आउनुभएको छ । यी लगायत आफू एककलाकार भएकोले नेपाली कला संस्कृतीको जगेर्ना गर्ने र नेपाली चलचित्रलाई बिश्वभर चिनाउने उद्देश्यले अमेरिकामा र नेपालमा रहेका कलाकारहरुसँगहातेमालो गरी “ग्लोवल नेपाली फिल्म अवार्ड” नामक संस्थाको स्थापना गरिसक्नुभएको छ । आउँदो अगष्ट महिनाको १९ तारिख शनिबारका दिन नेपालीसिनेमाको बिकासमा एउटा नयाँ आयाम  थप्न नेपाल फिल्म सोसाईटी अफ नेपाल र ग्लोवल नेपाली फिल्म अवार्ड कोलोराडो डेनभरले अमेरिकाको कोलोराडोशहरमा आयोजना गर्न लागेको ‘दोस्रो खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड’ युनिटले अवार्डका उद्धेश्य र योजनाहरू पत्रकार सम्मेलन गरी सार्वजनिकगरिसकेको छ । कार्यक्रमको प्रायोजक शेर्पा ब्रुअरी रहेको छ भने सहप्रायोजक सिटौला ब्रदर्स का साथै यति टेक्नोलोजी टेक्सास,प्लम्बिङ सेवा कोलोराडो रसगुन समुह रहेको छ । नेपालको तर्फबाट नेपाल चलचित्र बिकास बोर्ड एवं नेपाल पर्यटन बोर्ड रहेका छन् ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्नका लागि नेपाली कलाकर्मीको खुविलाई बिश्वप्यापी बनाउने उद्धेश्यका साथ अमेरिकामा गत वर्षदेखीआयोजना गरिएको खुम्बु खोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणबारे राजधानी स्थित नेपाल चलचित्र संघ काठमाण्डौंको कार्यालयमा जेष्ठ,११गते पत्रकार सम्मेलन गरी जानकारी गराईसकेको छ । उक्त पत्रकार सम्मेलनमा अमेरिकाको कोलोराडोबाट नेपाल आउनुभएका ग्लोवल नेपाली फिल्मअवार्डका संस्थापक अध्यक्ष,सामाजिक अभियन्ता कलाकार तथा नायक श्री नवराज श्रेष्ठ ज्यूसँग कमलादीस्थित होटल ल्याण्डमार्कको कार्यकक्षमा गत अगष्टमहिनाको १९ तारिखमा अमेरिकाको कोलोराडो शहरमा हुन गईरहेको खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड सिजन २ – २०१७ को बिषयमा  दीपशिखाशर्माले लिनुभएको अन्तवार्ताको सम्पादित अंश ।

१) नवराज जी ! सर्बप्रथम त दस्तावेज डट कमको तर्फबाट तपाईँलाई हार्दिक नमस्कार ! ग्लोवल नेपाली फिल्म अवार्डको पत्रकार सम्मेलन हालसालै सम्पन्नभईसकेको छ । तपाईँले सन् २०१६ मा उक्त कार्यक्रमको संयोजकको रुपमा रहेर कामपनि गर्नुभयो । सिजन २ को कार्यक्रमपनि अमेरिकामा नै हुन गईरहेकोजानकारी प्राप्त भएको छ । अहिलेपनि अमेरिकामा नै कार्यक्रम गर्नुको मुख्य उद्देश्य के हो ? एक संस्थापक अध्यक्षको हैसियतले बताईदिनुहुन्छ कि ?

–हामीले बिगतको बर्ष खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड भब्य र सभ्यकासाथ सम्पन्न गर्यौं । जसको मुख्य प्रायोजक कम्पनी खुम्बु खोल्स्चकोकम्पनी पनि कोलोराडोमै छ । उक्त कम्पनीले ‘ग्लोवल नेपाली फिल्म अवार्ड ’ लाई अघिल्लो बर्षपनि प्रायोजक गरेको थियो । यो बर्षपनि खुम्बु खोल्स्च नैमुख्य प्रायोजक रहेकोले प्रायोजकको आग्रह अनुरुप नै सिजन २ को कार्यक्रम अमेरिकाको कोलोराडो डेनभरमा गर्न गईरहेका छौं । यसका साथै नेपाली कलासंस्कृति र कलाकारहरुको जगेर्ना गर्ने र नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने र प्रवर्द्दन गर्ने ‘ग्लोवल नेपाली फिल्म अवार्ड ’ को मुख्य उद्देश्यरहेको छ ।

२) तपाईँले ग्लोवल नेपाली फिल्म अवार्ड नामक संस्थाको थालनी गर्नुभयो । ग्लोवल नेपाली फिल्म अवार्ड भनेको नेपाली कलाकारिता क्षेत्रको निकैसंबेदनशिल बिधा हो जसमा तपाईँहरुले हात हाल्नुभएको छ । एक दुई बर्ष अवार्ड बितरण गरेर मात्र नेपाली कलाकारिताको क्षेत्रमा उल्लेखनिय कार्य गरेकोभन्न मिल्दैन । त्यसको लागि दिर्घकालिन योजना र रणनीति हुन जरुरी छ तसर्थ यसलाई जीवन्त बनाउनको लागि के कस्तो ढंगबाट अगाडिबढिरहनुभएको छ ? यसका भावी योजनाहरु के के छन् ?

हामीले यस ग्लोवल नेपाली फिल्म अवार्डलाई जीवन्त बनाउनको लागि थुप्रै योजनाहरु बनाएका छौं । यस कार्यक्रमलाई संसारभर चिनाउनको लागि नैग्लोवल नेपाली फिल्म अवार्ड संस्थाको स्थापना गरिएको हो । जस अनुसार प्रत्येक बर्ष फरक फरक देशमा कार्यक्रमको आयोजना गरी नेपाली डायस्पोरालाईसंसारभर चिनाउने यस कार्यक्रमको उद्देश्य रहेको छ । यसको साथै फरक फरक बिधामा अवार्डको छनौट गरेका छौं । सन् २०१६ मा आयोजना गरिएकोकार्यक्रममा पूरानो कलाकारहरुलाई प्राथमिकताको आधारमा अवार्ड बितरण गरिएको थियो । यसबर्ष अवार्डको विधालाई फराकिलो बनाउंदै २० वटा विधामाअवार्ड थपेका छौं । अघिल्लो बर्ष पुरष्कृत हुनुभएका कलाकारहरुलाई केहि मात्र छनौट गरी नयाँ कलाकारहरुलाई प्रोत्साहित गर्ने ध्येयले यसबर्ष नयाँकलाकारहरुलाई अवार्डमा छनौट गरिएको छ । कार्यक्रमको नाम नै ग्लोवल भएकोले  नेपाली भाषा संस्कृतीको जगेर्ना गर्ने संसारभर छरिएर रहेका नेपालीभाषी कलाकारहरुलाई पनि छनौटमा पारेका छौं । त्यस मध्येमा नेपाली भाषी भुटानी नागरिकले पनि नेपाली कलाकारिताको बिकासमा उल्लेखनिय भूमिकानिर्वाह गरेको कुरालाई नकार्न सकिंदैन । तसर्थ उनिहरुलाई पनि नेपाली कला क्षेत्रमा अझ अगाडि ल्याउन भुटानी नायक नायिकाहरुलाई पनि अवार्डमाछनौट गरिएको छ । अमेरिकामा रहेका नेपाली कलाकारहरुलाई प्रोत्साहन गर्ने गरी यसबर्ष नेपाली डायस्पोरा बिधामा २ वटा बिधाबाट थपेर ५ वटा बिधामाअवार्ड बितरण गर्ने योजना बनाएका छौं । यसबाट पनि हाम्रो योजना अत्यन्त फराकिलो र बैज्ञानिक भएको प्रमाणित हुन्छ । साथै हाम्रो यो अभियानजीवन्त बन्नेमा कुनै शंका छैन ।

३)अवार्ड भनेको कलाकारको कलालाई सम्मान गरेर दिईने एक प्रकारको उपाधी हो । अवार्ड भनेको चानचुन मान्छेले पाउने कुरा होईन । नेपाली कला क्षेत्रमाउत्कृष्ट अभिनय गरे बापत पाउने कुरा हो तसर्थ एउटा कलाकारको जीवनमा अवार्डले के कस्तो भूमिका खेलेको हुन्छ ?

– हामी कलाकारको मुख्य सम्पत्ती भनेको नै अवार्ड हो । कलाकारको क्षमतालाई प्रोत्साहन गर्न उसलाई समाजमा चिनाउन अवार्डको जरुरी छ । यस्ता अवार्डकार्यक्रम नेपालमा मात्र नभएर बिश्वभर ब्याप्त छन् । त्यसकारण एउटा कलाकारको जीवनमा यसले धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यहिमाथिअन्तराष्ट्रिय अवार्डको बिशेष महत्व हुन्छ ।

४)बिदेशको ठाउँमा नेपाली फिल्म अवार्ड गर्न कत्तिको कठिन छ ? अमेरिकाजस्तो ठाउँमा अवार्ड गर्न कसरी आँट गर्नुभयो ? अघिल्लो बर्ष ग्लोवल नेपालीफिल्म अवार्ड कार्यक्रमको संयोजकको रुपमा रहेर पनि काम गर्नुभएको थियो । आफूले संयोजन गर्दाको अनुभव बताईदिनहोस् न ?

– अमेरिकामा अवार्ड कार्यक्रम गर्न साच्चिकै कठिन हुँदो रहेछ दीपशिखा जी ! वास्तवमा मैले यो अवार्ड कार्यक्रम गर्नलाई धेरै पहिलेदखि नै सोचिरहेको थिएँ। शुरुमा फिल्म फेस्टिबल कार्यक्रम गर्ने बिचार थियो तर समयको अभावले सकिरहेको थिईन । यसैबिच मेरो आदरणिय गुरु कृष्ण मल्ल,उहाँ र मैले धेरैबर्षदेखि बिभिन्न संघ संस्थाहरुमा काम गर्दै आइरहेका थियौं । मेरो आयोजनमा नेपालमा धेरै अवार्ड कार्यक्रम पनि गरेका थियौं । कलाकारिता मेरो रुचीकोबिषय भएको र म यस क्षेत्रमा पुनः प्रवेश गरेकोले ले परदेशमा बसेर नेपाली चलचित्र क्षेत्रमा नै उल्लेखनिय योगदान गर्ने उत्सुकता पलायो ।

यसै दौरानमा नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष तथा बरिष्ठ अभिनेता श्री कृष्ण मल्ल,बीआरटी नेपाल डट कमका संस्थापक अध्यक्ष तथा सम्पादकशैलेस पोखरेल,अमेरिका नेपाल टेलिभिजन का अध्यक्ष हेमन्त श्रेष्ठ तथा उपाध्यक्ष बालसिंह लगायत अन्य स्थानिय संघ संस्थासँग सरसल्लाह सहकार्य गरेरमेरो अध्यक्षतामा ग्लोवल नेपाली फिल्म अवार्डको स्थापना गर्यौं । उहाँहरुको हिम्मत अनि मेरो संयोजनमा सहकार्य गर्न सबै साथीहरु तम्तयार भईसकेपछिकार्यक्रमको मुख्य प्रायोजनको लागी खुम्बु खोल्स्च,शेर्पा ब्रुअरी कम्पनीसँग आग्रह गर्यौं । उहाँहरु लाक्पा शेर्पा र फूर्वा शेर्पाले सहर्ष सहयोग गर्न उत्सुकतादेखाएपछि हामी हौसियौं । अन्ततःस्थानिय व्यापारी,सबैको सहयोग जुटाएर हामिले सफल रुपमा कार्यक्रम गर्यौं । हुनत हाम्रो पक्षबाटपनि कमी कमजोरीभने नभएका होईनन् किनकी अमेरिकाजस्तो महंगो ठाउँमा पहिलो ग्लोवल नेपाली फिल्म अवार्ड गर्नु ,यति ठूलो जमातमा पूरानो सिनीयर नेपालीकलाकारलाई लिएर गएर सम्मान गर्नु नयाँ कलाकारहरुलाई लगेर अवार्ड कार्यक्रम गर्न पक्कैपनि हाम्रो लागि कठिन चुनौती थियो ।

५) प्रसंग बदलौं,तपाईँ एउटा सफल व्यवसायीको रुपमा पनि स्थापित भइसकेको मान्छे, आफ्नो व्यवसायका वावजुद नेपाली सिने क्षेत्रमा पनि प्रवेशगरिसक्नुभएको छ साथै एक कुशल नायकको भूमिका पनि निर्वाह गरिसक्नुभएको छ । नेपाली कलाकारिताको क्षेत्रमा लाग्न तपाईँलाई कसले उत्प्रेरित गर्यो?

बच्चैदेखि मलाई कला क्षेत्रमा बिशेष रुचि थियो । बिध्यालय जीवनदेखि नै म नाच्ने,गाउने,बजाउने साथै नाटकमा भाग लिने गर्थें । एसएलसी उत्तिर्ण गरेरजब म मेरो गाउँ सिन्धुलीबाट पढाईको सिलसिलामा काठमाण्डौं आएँ त्यसपछि म अभिनयको खोजिमा हिँडे ।

खोजतलास गर्दै जाँदा आरोहण नामक संस्थामा मैले अभिनय सिक्ने अवसर पाएँ । त्यसबेला सुनिल पोखरेल,शैलेस आचार्य,बद्रि अधिकारी, जस्ता हस्तीहरु मेरो गुरु हुनुहुन्थ्यो । त्यसपछि कृष्ण मल्ल दाईसँग मेरो संगत भयो । म निरन्तर रुपमा उहाँको पछि लागिरहें । नायक बन्नको लागि खुबै संघर्ष गरें । तर बिविध कारणवश सफल हुन सकिन ।

त्यसको लगत्तै मैले नृत्य पनि सिकें । त्यसबेला मलाई नृत्य सिकाउने गुरु बसन्त श्रेष्ठ हुनुहुन्थ्यो । यसरी मैले कला क्षेत्रलाई रोजें । एकदिनको कुरा हो एकजना सिनियर दाईले मलाई सोध्नुभयो नवराज तिमी हिरो बन्ने हो ? मैले भने, दाज्यू म हिरो बन्नको लागि त हजुरको पछि लागेको नि ?मेरो जवाफपछि उहाँले मलाई भन्नुभयो ‘त्यसोभए मेरो खातामा २ लाख डिपोजिट गरिदिनु’ म अवाक् भएँ, हिरो भएर त पैसा कमाउँछ पो भन्थे उल्टो पैसा तिरेर म किन हिरो बन्नुपर्ने ?त्यो कुराले मेरो मनमा च्वास्स घोच्यो,कताकता स्वाभिमानमा ठेस लाग्न पुगेजस्तो भयो, कलाकारिता प्रति नै एक किसिमको नेगेटिभ छाप पैदा भयो । त्यहि ईगोले गर्दाखेरि मैले फिल्म लाईनलाई चटक्कै छोडेर पढाईको सिलसिलामा अमेरिका छिरें । अमेरिकामा मैले धेरै मेह्नत गरें । तत्कालिन समयमा मैले जुन संघर्ष गर्नुपरेको थियो आजका कलाकारहरुलाई पनि उस्तै अवस्थामा देख्छु । नेपालमा कलाकारिता क्षेत्रमा स्थापित हुन निकै कठिन छ ।

धेरै बर्ष अमेरिका रहेर मैले मेरो पढाई पूरा गरें । पढाई पूरा गरेपछि म नेपाल फर्कें । वास्तवमा मैले कला क्षेत्रलाई छोड्न खोजेपनि कला क्षेत्रले मलाई कहिल्यै छोडेन । नेपाल आईसकेपछि मेरो एकजना साथी कल्याण घिमिरेले मलाई श्रृजना बस्नेतसँग चिनजान गराउनुभयो । उहाँले मलाई पहिलो मुभी ‘गुडलक’मा लिनुभयो । कल्याण घिमिरे र श्रृजना बस्नेतको संयुक्त प्रयासबाट नै म फिल्म ‘गुडलक’मा नायकको भूमिकामा अभिनय गर्न सफल भएँ । त्यसको लगत्तै मैले अर्को फिल्म ‘स्काउट’मा अभिनय गरें । सबैको सहयोगबाट म पुनः एक नायकको रुपमा अभिनय क्षेत्रमा फर्किसकेको छु । मलाई लगातार नायकको भूमिकामा अफर आईरहेको छ । कार्य व्यस्तताको वावजुद मैले फिल्महरु रिजेक्ट गर्दै आईरहेको छु । यति गर्दागर्दैपनि गत दुई महिना अगाडि मैले एउटा फिल्म ‘रंगिन’मा नायकको लागि साईन गरिसकेको छु । मलाई अन्य फिल्मबाट पनि धेरै अफरहरु आईरहेको छ । फिल्ममा खेल्नभन्दा अगाडि कथाबस्तु र गीत सुन्ने काम भईरहेछ ।

६) तपाईँले ‘गुडलक’ देखि ‘स्काउट’जस्तो चलचित्रमा नायकको भूमिकामा अभिनय गरिसक्नुभएको छ यी मध्ये कुन चाँही चलचित्रमा बढि सन्तुष्ट हुनुहुन्छ ?

– हेर्नुस्,आफूले जन्माएको सन्तान कुन राम्रो कुन नराम्रो भन्ने हुँदैन । मेरो लागि ‘गुडलक’ र ‘स्काउट’’दुवै चलचित्र राम्रो छ । दुवैमा मैले निकै मेहनत गरेको छु ।

७) एउटा व्यवसायी,समाजसेवी,कलाकार वा सामाजिक अभियन्ताको रूपमा रहेर धेरै उल्लेखनिय काम गरिरहनुभएको छ । यसमध्ये आफूलाई के भन्न रुचाउनुहन्छ ?

-सर्बप्रथम त सानैदेखि कलाकारितामा मेरो रुचि भएकोले सर्वप्रथम त म आफूलाई एउटा कलाकार भन्न रुचाउँछु,त्यसपछि मात्र म आफूलाई समाजसेवी र व्यवसायी भन्न रुचाउँछु ।

८) नवराज जी ! थोरै प्रसंग बाहिर जाउँ,आजकल कला क्षेत्रका हस्तीहरु विकास निर्माण र समाजसेवामा छाउने लहर नै चलेको छ । कलाकारहरु विकास निर्माणमा जुटेपछि देश निर्माण गर्छौं भनेर सत्तामा गएका नेताहरुले के गर्छन् होला ?

– हेर्नुस् ………कलाकारहरु पनि राजनीतिक र विकास निर्माणमा लागेका छन् । नेताहरुले मात्र गर्नुपर्ने भन्ने छैन । आत्मा साक्षी राखी मन बचन र कर्मले सेवा गर्नु त ठिकै हो । तर हाम्रो नेपालमा जतिसुकै स्वच्छ भावनाले लागेपनि लाग्न दिईदैन । धुर्मुस सुन्तली फाउण्डेशन,श्वेताश्री फाउण्डेशन जस्ता संस्थाहरुले उल्लेखनिय कार्य गरेर सिंगो सरकारलाई नै च्यालेन्ज गरिरहेका छन् । यो राम्रो काम हो ।

९)प्रविधिको बिकासले गाउँ र केन्द्रको दूरी बढ्दो छ । बढ्दो शहरीकरणले गर्दा अधिकांश मानिसहरु शहरमा बस्न रुचाउँछन् । त्यसैले गर्दा गृहजिल्लाहरु उपेक्षित हुँदैछन् । यसबारे तपाईँको धारणा के छ ? तपाईँ फेरि सिन्धुली त फर्किनुहुन्न ?त्यहाँपनि केहि गर्ने सोच छ कि ?

– यसबारे मेरो धारणा बिल्कुल फरक छ । म धेरै बर्ष अगाडिदेखि अमेरिकामा रहेको मान्छे तर म भविष्यमा म आफ्नो प्यारो जन्मभुमि फर्किन चाहन्छु । नेपालको लागि केहि गर्न चाहन्छु । आफ्नै गाउँको लागि केहि गर्न चाहन्छु । गरिनै रहेको छु,मैले म आफू जन्मेको ठाउँमा दुई तीन पटक अमेरिका,क्यानाडा,बेलायत,अष्ट्रेलियाबाट डाक्टरहरु झिकाएर निशुल्क स्वास्थ्य शिविर पनि चलाएको थिएँ । जसबाट सन् २०१०,२०११ र २०१२ मा ७००० देखि ८००० को हाराहारीमा बिरामीले निःशुल्क उपचार पाएका थिए । त्यसै सिलसिलामा स्थानिय निकाय र समाजसेवीको पहलमा ५० बेडको हस्पिटलपनि खोलिसकेका छौं । जसरी नेपाली चलचित्र क्षेत्रलाई सानो शहरबाट ठूलो शहरमा लैजाने भनेझैं भावी दिनहरुमा विकासको शुरुवात आफ्नै गाउँबाट गर्ने सोच छ ।

१०) अन्तमा ग्लोवल नेपाली फिल्म अवार्ड तर्फ नै फर्किँउँ, खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको बारेमा संसारभर छरिएर रहेका नेपाली भाषी कलाकारहरुलाई के भन्न चाहनुहुन्छ ?

– मेरो भनाईहरु तपाईँहरुको कार्यक्रम मार्फत प्रकाशित गरिदिने मौका दिनु भएकोमा सर्बप्रथम त म दस्तावेज डट कमलाई मुरीमुरी धन्यबाद दिन चाहन्छु । खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड – २०१७ गत अगष्ट महिनाको १९ तारिखका दिन अमेरिकाको डेनभर कोलोराडोमा भव्य रुपले हुन गईरहेको छ । देश बिदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली भाषी कलाकारहरुलाई उक्त कार्यक्रममा भाग लिनको लागि हार्दिक आमन्त्रण गर्न चाहन्छु । यसको साथै अर्को कार्यक्रम खुम्ब खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड -२०१८अष्ट्रेलियामा र सन् २०१९ मा दुवईमा हुन गईरहेको पनि यसै कार्यक्रम मार्फत सहर्ष जानकारी गराउन चाहन्छु ।

– खोजतलास

यसमा तपाइको मत

अन्य समाचार