काठमाडौं,
आषाढ ७ ।
मिस टिन सिइई २०१७को उपाधि इशा न्यौपानेले चुमेकी छन् । स्टार वन इन्टरटेनमेन्टद्वारा राजधानीमा आयोजित यो सौन्दर्य प्रतियोगिताको तेस्रो संस्कराणमा केएमसी स्कुलबाट एसइई दिएकी ललितपुर इमाडोलकी ईशाले फेसबुक च्वाईस र व्युटी विथ पर्पसको उपउपाधिसहित मिस टिन सिइई २०१७ को उपाधि चुमेकी हुन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा पुष्पिका चालिसे मष्ट पपुलर र मष्ट एक्टिभका साथ फष्ट रनर्सअप, टेनिसा बजगाई मष्ट फोटोजेनिकका साथ सेकेण्ड रनर्सअप र रोजिना गुरुङ वेष्ट हेयरका साथ थर्ड रनर्सअप भए। प्रतियोगितामा हिरयोना केसी मष्ट आइकोनिक आइज, दिपिका रेग्मी युथ विथ रेसपोन्सिबिलीटी, अनिशा श्रेष्ठ वेष्ट स्पीच, ईभनाश्य अधिकारी फेशन आइकन
, सुजा तामाङ मष्ट डिर्जभिङ, सुष्मा तामाङ मिस व्युटीफुल र मष्ट पर्फेक्ट, पलिजा मानन्धर वेष्ट डान्स, निकिता कार्की मिस क्याटवक, स्वस्तिका राय क्षेत्री वेष्ट डिसीप्लेन, सुमि उप्रेती र मेरिना शाह मिस कन्जिनियालीटी, मुस्कान अग्रवाल मष्ट क्रियटीभ, स्वस्तिका खड्गी वेष्ट स्माइल, श्रीषा शाक्य वेष्ट फिटनेस, फुरा एन्जि शेर्पा मिस ट्यालेण्ट, गिताञ्जली बस्नेत मष्ट चार्मिङ, कर्मा वङ्जी गुरुङ वेष्ट सिङ्गर र भिवर्स च्वाईस, सुदिक्षा देवकोटा वेष्ट फिजीक, बन्दना सुनुवार सोसल वेलफेयर एम्बेसडर, रिया उपाध्याय वेष्ट आर्टवक र प्रकृति पौडेल वेष्ट पर्सनालिटी घोषित भए ।
अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा निर्देशक ऋषि लामिछाने, अभिनेत्री सरिता लामिछाने, सञ्चारकर्मी सुर्य चन्द, सरोज प्याकुरेल, सञ्चार उद्यमी सुमित प्रताप राणा, मिसेस नेपाल इन्टरनेसनल सेकेण्ड रनर्सअप परिकल्पना राई, आशिष प्रसाइ, अजय पोखरेल निर्णायक रहेका थिए । सो अवसरमा ध्रुव विस्को र युवराज कडेलको गायन प्रस्तुति तथा बन्नी ग्रुपको नृत्यले कार्यक्रमलाई मनोरञ्जक रुप प्रदान गरेको थियो ।






