काठमाडौं,
ज्येष्ठ १८ ।
एएनपी मिडिया हाउसले आगामी असार ३ गते शनिबार राजधानीमा मिस्टर एण्ड मिस एसइइ नेपाल्स (एसएलसी) आइकन–२०१७ आयोजना गर्ने भएको छ । मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार एसइइ दिएर बसेका किशोर
किशोरीको आत्मविश्वास तथा व्यक्तित्व विकासका लागि राष्ट्रियरुपमा यो प्रतियोगिता आयोजना गरिन लागेको हो । यसबाट प्रतियोगितामा सहभागी किशोरी किशोरीको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धि हुने विश्वास कार्कीले व्यक्त गरे ।
जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा किशोरतर्पm सिजन सेन, नोर्बु लामा, निरोज बुढाथोकी, अनिश शाह, राबिन डांगी, अमृत थापा, सुमन कौशिक, साकार श्रेष्ठ, यशकुमार गुप्ता, सुजल तन्डुकार, पार धामी, योगेश गुरुङ्ग, सिरक श्रेष्ठ जोशी, प्रबिण थापा मगर, सोनु जैशवाल, ग्यालजेन लामा, अनिश सिंह, सञ्जय राई, सुनिल बोहरा, सोबित बस्नेत, सिजल तामाङ्ग र उज्वल भट्टराई अन्तिम स्पर्धामा भिड्दैछन्। त्यसै गरी किशोरीतर्पm ऐश्वर्य घिमिरे, प्रमिला श्रेष्ठ, योजना वन्त, तृप्ती श्रेष्ठ, दिपीका थापा मगर, सुजता अमगाई, कृति श्रेष्ठ, प्राप्तश्री निरौला, सबिना पराजुली, श्रृजना थापा मगर, सुबीना खड्का, निशा जैसवाल, अन्जली कडेल, अनुष्का अधिकारी, रविना बराल, रक्षा डंगोल, अलिसा मल्ल ठकुरी, स्मीती श्रेष्ठ, नवज्योती कुमारी साह, अस्मीता भण्डारी, तीसा मानन्धर र सलीना केसी भिड्दैछन् ।
काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रतियोगिताको अन्तिम स्पर्धाका लागि प्रतियोगिहरुलाई प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति, मोडलिङ्गलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको कार्यक्रम संयोजक शम्भुप्रसाद रेग्मीले जानकारी गराए। प्रतियोगिता कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने एएनपी मिडिया हाउसले जनाएको छ ।






