काठमाडौं,
ज्येष्ठ १६ ।
चलचित्र ‘गोरे’बाट नेपाली चलचित्रको पाश्र्व गायनमा डेब्यु गरेका रञ्जित कुमार साहनी यतिवेला ब्यस्त छन् । थुप्रै गीत गाइसकेका भए पनि चलचित्रमा भने उनले पहिलो पल्ट गोरेको शिर्ष गीतमा स्वर दिएका थिए । गायन क्षेत्रमा आधा दशक बिताएका उनले १७ भन्दा बढी चलचित्र र फुटकर गरी ५० भन्दाबढी गीतमा स्वर दिएका छन् ।

गोरे पछि फागु, सुटर, धनवान, अस्मिता, म नेपाली र केही भोजपुरी, मैथली भाषाका चलचित्रमा समेत पाश्र्व गायन गरेका उनी आफुलाई गायन क्षेत्रमा नै सक्रृय बनाउने सोचमा छन् । अहिलेका जल्दाबल्दा सङ्गीतकार वसन्त सापकोटा, विकास चौधरी, टंक बुढाथोकी, प्रलाद भक्त, नरहरी प्रेमी लगायतका सङ्गीतमा समेत गीत गायका उनलाई धेरैले स्वरमा उदित नारायणको फेवर पाएको बताउने गरेका छन् ।






