VIDEO : ‘तिम्ले विर्सेनी….’ भन्दै राजन र पूर्णकला

काठमाडौं,
ज्येष्ठ १२ ।
राजन केसी र पूर्णकला बिसिको स्वरमा रहेको लोक दोहोरी गीत तिम्ले विर्सेनीको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी कुशल खत्रीको शब्द सृजना रहेको यस गीतमा सुरेन्द्र श्रेष्ठको सङ्गीत रहेको छ । राजन र कुशलको प्रस्तुति रहेको यस गीतलाई एक्टर नेपाल नेटवर्क प्रा.लिले बजारमा ल्याएको हो ।


कुशल र उषा सुवेदीको अभिनय रहेको भिडियोमा मायालु जोडीको पिडालाई प्रस्तुत गरिएको छ । शिवपुरी टेलिभिजिनले निर्माण गरेको भिडियोमा अमृत सुनुवारको छायाँकन, माधव वेल्वासेलेको सम्पादन र सञ्चारकर्मी मनोज थापाको निर्देशन रहेको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार