‘इन्डो नेपाल हार्मोनी अवार्ड २०१७’ प्रदान

काठमाडौं,
ज्येष्ठ ७ ।
राजधानीमा शनिवार एक कार्यक्रमको आयोजनागरि नेपालका कलाकार तथा सञ्चारकर्मीलाई ‘इन्डो नेपाल हार्मोनी अवार्ड २०१७’ प्रदान गरिएको छ । नेशनल इस्ट्च्यिुट फर एजुकेशन भारत र एसिएस मिडिया कर्पोरेसनको संयुक्त आयोजनामा अवार्ड प्रदान गरिएको हो । अवार्ड पाउनेहरुमा सरोज खनाल, किरण केसी, सारिका घिमिरे, सञ्चारकर्मी कलाकार राजेन्द्र लुईटेललगायतका रहेका छन् ।
उक्त कार्यक्रममा भारतका व्युटिसियन भारती तनेजा, ज्योतिष जय मदानलगायतका नेपाल तथा भारतका विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरुलाई पनि विभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो ।


कार्यक्रममा पशुपतीनाथ मन्दिरका मुख्य पुजारी रावल श्री गणेश मुल भट् प्रमख अतिथी तथा नेपाल केशरी डा. श्रीमनी भद्र मुनीजी महाराज विशेष अतिथी रहेका थिए । यो वर्ष नेपालमा अवार्ड वितरण गरिएको छ भने अर्को वर्ष भारतमा गर्ने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमका मुख्य आयोजक संस्थाका प्रमुख प्रो. डा. अभिराम कुलश्रेष्थले नेपाल भारत संस्कृतिलाई निकट एवम् दुवै देशका नागरिकहरुबीच आत्मीयता, सदभाव कायम राख्न मद्दत पुग्ने अपेक्षा विश्वास व्यक्त गरे ।
आयोजक कमिटी उपाध्यक्ष तथा नेपाल भारत मैत्री अस्पतालका अध्यक्ष डा. श्याम खड्काले कार्यक्रमका उद्देश्य वारेमा प्रष्ट पार्दै यो कार्यक्रमले दुवै देशका नागरिकबीच आपसी समझदारी भाईचारा प्रगाढ हुने विस्वास व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार