चर्चामा ‘सिल्क रोड’

काठमाडौं,
ज्येष्ठ १ । 

 

चीनको योजना एशियाको सडक, रेल र समुद्री मार्गमार्फत पश्चिमी यूरोप र अफ्रीकासँग जोडिने रहेको छ । यसका लागि चीनले आफ्नो शहर यिवुदेखि लन्दनसम्म माल गाडी पनि चलाई सकेको छ । चीन सरकारले अघि सारेको २१औँ शताब्दिको संसार कै सबैभन्दा महत्वाकांक्षी र ठूलो आयोजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर)को समझदारी पत्रमा नेपालले शुक्रबार हस्ताक्षर गरे सकेको छ ।
‘सिल्क रोड’का लागि आइतबार चनिको बेजिङ्गमा ‘वन बेल्ट–वन रोड’ ९इद्यइच्० समिट भइरहेको छ । यो समिटमा १ सय ३० देशका करिव १५ सय व्यक्तित्वहरुलाई निम्ताइएको छ । नेपालबाट उप प्रधानमन्त्री तथा अर्थ मन्त्रिको नेतृत्वमा एक टोली त्यसतर्फ गएको छ ।
पाकिस्तानीका प्रधानमन्त्री नवाज शरीफ, रूसका राष्ट्रपति व्लादिमीर पुतिन, फिलीपीन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते पनि यो समिटमा सहभागी हुने भनिएको छ ।
के छ यो परियोजनामा
चीनको योजना एशियाको सडक, रेल र समुद्री मार्गका माध्यमबाट पश्चिमी यूरोप र अफ्रीकालाई जोडने रहेको छ । यसका लागि उसले आफ्नो शहर यिवुदेखि लन्दनसम्म माल गाडी चलाई सकेको छ । यो ट्रेनको सफर पूरा गर्न १२ दिन लाग्छ । सिल्क रोडको निर्माण मार्फत चीन यि देशहरुमा पुग्न चाहन्छ । यसका लागि चीनले ६५ देशलाई साथ लिने कोशिश गरिरहेको छ । यि देशहरुमा संसारको ६० प्रतिशत जनसङ्ख्या रहेको छ ।
पाकिस्तान, नेपाल र म्यान्मार यसमा शामिल भइसकेका छन् । तर, भारतले यसमा शामिल हुनका लागि अझै पनि संशय देखाएको छ ।

के छ सिल्क रोडको इतिहास
खासमा सिल्क रोड त्यो पुरानो मार्ग हो सदियौं पहिला व्यापारका लागि प्रयोग गरिएको थियो । यो बाटो सदियौंसम्म व्यापारको मुख्य मार्ग बनेको थियो । यो बाटोको माध्यम तमाम एकअर्काका संस्कृति पनि एकअर्काको सम्पर्कमा आएका थिए । यो बाटोको माध्यमबाट कोरिया र जापानको सम्पर्क भूमध्य सागरको दोस्रोतर्फका देशसँग भएको थियो ।
आधुनिक समयमा सिल्क रोडको अभिप्राय चीनको हान वंशको राजको समयको सडकसँग रहेको छ । जुनमार्फत रेशम र घोडाको व्यापार दुने गर्दथ्यो । छैटौ र आठौं सताव्दीसम्म चीनी, अरबी, तुर्की, भारतीय, पारसी, सोमालियाई, रोमन, सीरिया र अरमेनियाईलगायतका लागि व्यापारिले यो रोडको धेरै नै प्रयोग गरेका थिए । सन् २०१४मा यूनेस्कोले यही पुरानो सिल्क रोडको एउटा हिस्सालाई विश्व धरोहरको रुपमा मान्यता दिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार