कटहरको फाइदा मुटु रोगदेखि आखाँ र छालासम्म

काठमाडौं,
वैशाख ३० ।
कटहरलाई काँचोमा तरिकारी, अचार, पकौडा र पाकेपछि यसको भित्रको गुदी खाने गरिन्छ । केहीलाई यो तरकारी र पाकेको एकदमै पनपर्छ भने केहीले यसको गन्ध मन नपराईको पनि पाइन्छ ।
तर, कटहर भित्र धेरै पौष्टिक तत्व पाइन्छन् भन्ने धेरैलाई थहा नहुन सक्छ । कटहरमा विटामिन ए, सी, क्लाल्शियम, आयरन, नियासिन, जिङ्क, थाइमिन, पोटाशियम र राइबोफ्लेविन जस्ता तत्वहरु पाइने गर्दछ ।


यसको सेवनले शरीरमा धेरै लाभ पुर्याउनुका साथै तपाईंको अनुहारमा निखार पनि ल्याउने गर्दछ । यसको स्वास्थ्य लाभ आखाँ तथा छालामा पनि देखिने गर्दछ । यो फलमा पाइने भिटामिन ‘ए’ले आखाँको रोशनी बढाउछ भने स्किनमा चमक पनि ल्याउँछ । यसले रतन्धोलाई पनि ठीक गर्न सहयोग पुर्याउँछ ।


त्यस्तै यसमा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधक क्षमतालाई बढाउँने गर्दछ जसले ब्याक्टीरियल र भायरल इन्फेक्शनबाट बचाउँछ । यसमा पाइने पोटेशियमले मुटु सम्बन्धी समस्यालाई कम गर्न सहयोग पुर्याउँछ । यसले हाई ब्लड प्रेशरलाई कमगर्ने गर्दछ ।

यसमा निक्कै फाइबर पाइने भएकाले यसमा क्यालोरी हुँदैन । तपाईलाई जानकारी नहुन सक्छ पुरा रुपमा पाकेको कटहरको गुदीलाई राम्रोसँग पानीमा उमालेर चिसो बनाएको एक गिलास पानी पिउनाले शरीरमा जबरदस्त स्फूर्ती ल्याउँने गर्दछ ।

नवीन भुसाल

यसमा तपाइको मत

अन्य समाचार