‘प्रेमगीत २को मोटरसाइकलमा…

काठमाडौं,
चैत २५ ।
चलचित्र ‘प्रेमगीत २को पहिलो सार्वजनिक गीतको चर्चा कायम भइरहेको बेला दोस्रो गीत सोमाबार ‘मोटरसाइकलमा…’ सार्वजनिक गरिएको छ । आगामी साउन १३ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको प्रेमगीत २को यो गीतमा सङ्गीतकार एलिस कार्कीले नयाँ प्रयोग गरेका छन् । पाश्र्वध्वनीमा ख्याती कमाइसकेका कार्कीको यो डेब्यु सङ्गीत कम्पोज हो ।
क्लबसङ्ग जानरामा बुनिएको यो गीतमा स्वस्तिमा खड्काको फिचरिङ छ । प्रदीप खड्का र अश्लेषा ठकुरी गीतमा चित्रित छन् । राजेशकुमार श्रेष्ठ र बबिनका शब्द, प्रताप दास र इन्दिरा जोशीको स्वर एवम् रिनशा राईको नृत्य निर्देशनमा गीत कर्णप्रिय र दर्शनीय बनेको छ ।


गीतको सार्वजनिक भिडियोमा कस्ट्युमदेखि प्रप्समा स्कटिस आञ्चलिकता महसुस गर्न सकिन्छ । स्कटिस झण्डा समेत पृष्ठभूमिमा फर्फराएको छ । ‘यो क्लब गीत हो र स्कटिस फ्लेवरमा कम्पोज गरिएको छ’ सङ्गीतकार कार्कीले भने, ‘नेपालमा नयाँ प्रयोग गरिएको हो । दर्शकको मन जित्नेमा हामी आशावादी छौ ।’ कोरियोग्राफर रिनशा राईले दृश्यलाई जीवन्त तुल्याउन प्रप्स, कस्ट्युम र स्टेपमा सम्झौता नगरिएको बताइन् । युबी थापाद्वारा डिजाइन गरिएका कस्ट्युम सुन्दर लाग्छन् । निर्माता सन्तोष सेनले दर्शकले मोटरसाइकल गीतलाई रुचाउने विश्वास व्यक्त गरे । ओम गुरुङ सहनिर्माता रहेको आशुसेन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । म्यानमार र बर्मेली पात्रबीचको प्रेमकथा बुनिएको सिनेमालाई प्रतीक्षित मानिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार