काठमाडौं,
वैशाख २४ ।
चलचित्र ‘ग्याङ्गस्टर ब्लूज’को टिजर रिलिज गरिएको छ । हेमराज बिसी निर्देशित चलचित्रको टिजरमा डेब्यू ब्वाई आशिरमान देशराज जोशी लिड अभिनेत्री आना शर्मासँगै संयम पुरी र रोजिशा शाही ठकुरी फिचरिङमा छन् । चलचित्रको नामले जस्तै टिजर पनि ग्यङ्गस्टर लाग्छ ।
चलचित्र भित्र आना र आशिरमानको प्रेममा अभिनेत्री रोजिशा भिलेन अबतारमा प्रस्तुत भएको टिजरले छनक दिन्छ ।
सरोज न्यौपानेले निर्माण गरेको फिल्मको केहि हप्ता पहिले मात्रै नेपालगञ्जबाट सम्पुर्ण छायाँकन सकिएको थियो । भदौ २ लाई प्रदर्शन मिति तय गरेको चलचित्रको प्रचारलाई थालनी गर्दै निर्माण टिमले टिजर बाहिर ल्याएको हो ।
शैलेन्द्र डी कार्कीको छायाँकन रहेको यो चललचित्रमा कालिप्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ ।






