गोरखा,
वैशाख ।
फुलामाया कार्की फाउन्डेशनले चारजना बालबालिकालाई पठनपाठन गराउने भएको छ । फाउन्डेशनका तर्फबाट अहिलेसम्म असाह्य, बेसाहारा ७ जना बालबालिकाहरुलाई निःशुल्क पढाउने योजना अन्तर्गत गोरखाको पालुङ्टारमा रहेको ठा“टीपोखरी बालज्योती इङ्ग्लिस बोडिङ स्कुलमा पढाउने गरि २ जना बालबालिकाहरु संजोग कार्की र संजय खत्री अनि सहाराको घर अन्तर्गत चितवनको शान्ति बिध्या मन्दिरमा पढाउने गरि २ जना बालबालिका अंशु सहारा र अदिर्षट सहाराको नाम छनौट गरि सार्वजनिक गरिएको कुरा संस्थाका अध्यक्ष गायक विरही कार्कीले जानकारी गराएका छन् ।
‘हामीले चालेको सामाजिक कामले अरूलाई पनि प्रभाव पर्ने, सकारात्मक र सहयोगी समाज निर्माणमा सहयोग पुग्ने कार्कीले बताए ।’ फाउण्डेशनले यसभन्दाअघि भरतपुर अस्पतालमा उपचार गराएकी सुस्त मनस्थिती भएकी बालिका शोभा श्रेष्ठ, क्यान्सर रोगबाट पिडीत काभ्रेका रामकुमार लामा, फोक्सो सम्वन्धि रोगबाट पीडित बनेर उपचार गराइरहेका लोक तथा दोहारी गायक सागर बोहोरा, दुबै खुट्टा नभएका धरानका मिनबहादुर तामाङ, साउदीमा मृत्युदण्डको सजाय सुनाइएका काभ्रेका रामचन्द्र तिमिल्सिना लगायतलाई आर्थिक सहयोग गरेको छ ।
त्यस्तै, मातातीर्थ औँसीको अवसर पारी देवघाटमा रहेको देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रमलाई आर्थिक सहयोग, बालबालिकाको हकहितको लागि सेवा गरिरहेको सहाराको घर, उत्पीडित र अपहेलित महिला र बालबालिकाको लागि लडिरहेको मन्जु असहाय संरक्षण केन्द्रलगायत दोहोरी गीत प्रतिष्ठानको भवन निर्माण, मनकामना मन्दिरको जीर्णोद्धारमा आर्थिक सहयोग गरेको अध्यक्ष कार्कीले बताए ।
फाउन्डेशनमा हालसम्म स्वदेश र बिदेशमा गरी ५५ जना आजिवन सदस्य रहेका छन् । आज अरुलाई मात्र सहयोग गर्ने होइन भोलि आफूलाई पर्दा पनि फाउन्डेशनको पहलमा सहयोग हुने कुरा फाउन्डेशनकाम अध्यक्ष कार्कीले अबगत गराएका छन् ।






