चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई सार्वजनिक

 

काठमाडौं,
वैशाख १७ ।

म्यूजिक भिडियोका निर्देशक रोजल थापाको नयाँ परिचय थपिएको छ गायक । उनले गाएको ‘चिरिप्पै तानी कोदोको पानी फकाउला सानीलाई….’ सार्वजनिक भएसँगै उनको परिचय गाएका भएको हो । यो गीत हालैमा युट्युबमार्फत सार्वजनिक भएको छ । जसमा निर्देशक रोजलकै शब्द, सङ्गीत र स्वर रहेको छ ।
क्रिस्टिना थापाको प्रेममा चुर्लुम्मै डुबेका मोडल दिव्य दाहाललाई मदिरा सेवन गर्ने बानी हुन्छ । क्रिस्टिनालाई यो बानी पटक्कै मन पर्दैन् । यसैबीच क्रिस्टिना र दिव्यको प्रेममा अर्का मोडल अमृत शाही ठकुरीको ईन्ट्री हुन्छ । अन्ततः क्रिस्टिनालाई अमृतले आफ्नी प्रेमीका बनाउँछन् ।
लक्षु प्रकाश मल्लको एरेञ्ज रहेको गीतको भिडियोमा रोहित बस्नेतको कोरियोग्राफी छ । रामेश्वर कार्कीले भिडियो खिचेका हुन् भने सम्पादन श्याम कुँवरले गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार