ल्वाङ्ग पिरो सुपारी चाम्रो भन्दै श्रीकृष्ण

काठमाडौं,
वैशाख १७ ।

लोकप्रिय कमेडी गायक श्रीकृष्ण लुईंटेल ‘बोके दाह्री’ले ‘ल्वाङ्ग पिरो सुपारी चाम्रो…’ भन्दै छन् । उनले यो नयाँ गीत दर्शक÷स्रोतामाझ लिएर आएका हुन् । खासगरी नेपाली समाजमा धार्मिक आस्था बोकेर पनि के काम गर्नु हुन्छ के काम गर्नु हुँदैन भन्ने सम्मको हेक्का नराख्ने ब्यक्तिहरुप्रति ब्यङय गरिएको भिडियोमा पहिले र अहिले धार्मिक आस्था बोकेर गरिने काम हरुलाई देखाईएको छ​।

पछिल्लो समय का युवाहरु धार्मिक आस्था बाट कसरी बिमुख हुँदैछन र उनिहरुलाई कसरी सहि ट्र्याक मा ल्याउन सकिन्छ भिडियोले यहि सन्देश दिन खोजेको छ​।

शब्द सङ्गीत श्रीकृष्ण कै रहेको यो गीत उनको बब्लु रिर्टन एल्वमको हो । उत्सव दाहालको छायाँकन, निशान घिमिरेको सम्पादन रहेको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् ।

https://www.youtube.com/watch?v=uG5y3rGQgDs

यसमा तपाइको मत

अन्य समाचार