जाली माया…. भन्दै दिपक

काठमाडौं,
वैशाख १५ ।
गायक दिपक लिम्बूले ‘जाली माया’ भन्दैछन् । प्रथम ‘नेपाली तारा’ समेत रहेको दीपकको हालै सार्वजनिक भएको गीतमा ‘जाली माया’ भनेका हुन् । यो गीत भिडियो यु–ट्युब तथा विभिन्न टेलिभिजन च्यानलमार्फत एक साथ सार्वजनिक भएको छ ।
गायक तथा सङ्गीतकार उत्तमजङ्ग लिम्बूको शब्द÷सङ्गीत रहेको ‘किन लाउँछौं जाली माया’ भिडियोलाई युगल पोमु लिम्बूले निर्देशशन गरेका हुन् । भिडियोमा गायक दिपकका अलावा मोडल पविता राई र पुष्पल खड्कालाई फिचरिङ गरिएको छ ।
गीतको भावअनुसार भिडियोमा मोडल पविता सुरुमा पुष्पलसँग जाली माया लाउँछन् । तर, त्यो कुरा दिपकले थाहा पाएपछि पवितालाई पुष्पललाई समर्पित गर्छन् । भिडियो गीतअनुसार कलामत्क रुपमा उतारिएको छ ।
यस भिडियोका लागि मोडल पविताका लागि फेसन डिजाइनर कमल मानन्धरले पहरिन तयार गरेका थिए । उक्त पहिरनमा पविता सुन्दर देखिएकी छन् अर्थात खुलेकी छन् । सार्वजनिक यो भिडियो दीपकको पछिल्लो एल्बम ‘श्रेय’ मा समावेश छ । यस भिडियोलाई गायक दिपकले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार