चर्चामा हिटलर

काठमाडौं,
वैशाख १२ ।

आगामी जेठ १२ गतेबाट सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘हिटलर’ यतिवेला चर्चामा छ । सौरभ ढकालको निर्देशनमा तयार भएको यो चलचित्र अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा सोहित मानन्धर र सामिया बर्तौला मुख्य भूमिकामा छन् । चलचित्रको रारा तालमा खिचिएको एक गीतको भिडियोले अहिले राम्रो चर्चा पाइरहेको छ ।

निर्देशक सौरभ ढकाल भन्छन्–‘चलचित्रको शिर्षक किन ‘हिटलर’ राखियो भन्ने बारेमा दर्शकले सिनेमाघरमा नै गएर चलचित्र हेरेपछि थाहा पाउनुहुनेछ । तर, चलचित्रको नामको कनेक्शन कथामा छ ।’

यो, चलचित्रको नाम ‘हिटलर’ राख्दा यसको निर्माणपक्षले फेसबुक र युटुबबाट भने समस्या भोगिरहेको छ ।

अंग्रेजीमा ‘हिटलर’ नाम राखेर फेसबुकमा लाइक पेज बनाउन यसको निर्माणपक्षले सकेन । निर्देशक ढकालले भने–‘हामीलाई फेसबुकले हिटलर नाम राखेर लाइक पेज बनाउन दिएन ।’ उनका अनुसार, युटुबमा पनि अहिले समस्या आइरहेको छ । उनले भने–‘युटुबले भिडियो त हटाएको छैन । तर, गीतको भ्यू कहिले घट्ने, कहिले काउन्ट नै नहुने भैरहेको छ । हामीले युटुबमा कप्लेन गरेपछि प्राविधिक गढबढी भएको सन्देश आयो । तर, अहिले युटुबले प्रचारमा समस्या दिने अवस्था देखिएको छ ।’
जर्मनका पूर्व शासक ‘हिटलर’को नामस“ग चलचित्रको नाम मिलेका कारणले फेसबुक र युटुबले समस्या दिएको हुनसक्ने यसको निर्माणपक्षको वुझाई छ ।

https://www.youtube.com/watch?v=e5Hxvo7wV24

यसमा तपाइको मत

अन्य समाचार