प्रवलले चुमे द रियल मोडल कन्टेष्ट नेपाल २०१७को उपाधि

काठमाडौं,
वैशाख १० ।
विस्व मिडिया प्रालिको आयोजनामा सम्पन्न भएको ‘द रियल मोडल कन्टेष्ट नेपाल २०१७को’ उपाधि प्रवल कंडेलले चुमेका छन् । राजधानीको नाचघरमा सम्पन्न प्रतियोगीतामा करिब एक महीना लामो प्रशिक्षणपछि प्रवलले अन्य ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुम्न सफल हुन ।

द रियल मोडल कन्टेष्ट नेपाल २०१७ को अन्य विभिन्न विधामा सम्पन्न प्रतिस्पर्धामा फस्ट रनरअपमा सुजिन थापा, सेकेण्ड रनरअपमा र मस्ट पपुलरमा प्रेम धमाला, बेष्ट वाकमा र फोटोजेनिकमा केशब गौतम, बेष्ट फिजीकमा सन्दिप श्रेष्ठ, मल्टिमिडिया च्वाईसमा सुशान्त गुरुङ, मस्ट ट्यालेण्टेड किरण न्यौपाने, र म्यानेजमेन्ट च्वाईसमा किरण लामिछाने र किरण छेत्री घोषित भए ।

द रियल मोडल कन्टेष्ट नेपाल २०१७ कार्यक्रमको विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुली सकेका कोरियोग्राफर तथा फेस अफ द इयरका बिजेता, नायक दिवश धितालले कोरियोग्राफी गरेको थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई व्यबसायीक मोडल बनाउन द रियल मोडल कन्टेष्ट नेपाल २०१७ आफुहरुले आयोजना गरेको आयोजक सँस्थाका अध्यक्ष बिक्रान्त पौडेलले बताए ।

उक्त प्रतियोगिताको निर्णायकमा संचारकर्मी तथा कलाकार सुर्य चन्द, कोरिग्राफर तथा मोडल आस्विनी झा, गायक तथा सङ्गीतकार लोचन घिमिरे, समाजसेवी कृष्णा देबकोटा र फेसन डिजाइनर अमित झा रहेका थिए । द रियल मोडल कन्टेष्ट नेपाल २०१७ को कार्यक्रम सञ्चालन प्रहिल कार्की तथा एन्जल गुरुङले संयुक्त रुपमा गरेका थिए भने हिटलर चलचित्रले द रियल मोडल कन्टेष्ट नेपाल २०१७ लाइ स्पोन्सर गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार