काठमाडौं,
चैत ३ ।
मोस्ट ट्यालेन्टेड अवार्डसहित केएमसी स्कुलमा कक्षा ९ मा अध्ययनरत असल अधिकारीले आफ्ना ७४ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै राईजिङ्स्टार सिजन ३ को उपाधि चुमेका छन् । राजधानीमा क्रियटिभ वल्र्ड नेपालले आयोजना गरेको प्रतियोगितामा उनले यो उपाधि चुम्न सफल भएका हुन् । उनले नगद रु. ५० हजार सहित ताज, अवार्ड र बिभिन्न आकर्षक गिफ्टह्याम्परहरु पाए । उनलाई गतवर्षको बिजेता अनुष्का मानन्धरले स्टार जडीएको ताज लगाईदिएकी थिइन् ।
त्यस्तै जेम्स स्कुलकी कक्षा ९ मा अध्ययनरत जेशीका सिंखडाले सिनियरतर्फबाट फस्र्टरनरअप बन्न सफल भइन् भने जुनियरतर्फबाट केएमसीकै कक्षा ५ मा अध्ययनरत प्रियाम्सु थापा फस्ट रनरअप हुन सफल भएका छन् । मोस्ट कन्फिडेन्ड अवार्ड सहित सेकेण्ड रनरअपको उपाधी सिनियरतर्फबाट लोएलटी स्कुलका कक्षा ८ मा पढ्ने अनिशा पौडेलले पाइन् भने मोस्ट ट्यालेन्टेड अवार्ड सहित जुनियरतर्फबाट वेवीलोन स्कुलकी कक्षा ४ मा पढ्ने सन्ध्या केसीले पाइन् ।
काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा २ देखि ९ सम्मका जम्मा ७५ बालबालिका अडिसनबाट छनौट भएका थिए । 
कार्यक्रमका निर्णायकहरुमा पत्रकार अशोकप्यासी राई, टीभी जोर्नालीष्ट सुमीतप्रताप जबरा, नायक गजित बिष्ट, सिए दुर्गाप्रसाद ज्ञवाली, बिन्ध्यवासीनी म्युजिकका अध्यक्ष लीना रेग्मी तथा मीस युथ २०१५ की बिजेता दिपीका केसी रहेका थिए ।
कार्यक्रममा गायक सन्तोष दुमीले गजल गायका थिए भने सुम्निमा कल्चरका निर्मला पुलामी र सपना तामाङको आकर्षक नृत्य प्रस्तुत गरेका थिए । प्रथम राईजिङस्टार स्मेरा सिह र दोस्रो अनुष्का मानन्धरले पानसमा द्वीप प्रज्जवन गरि कार्यक्रमको शुरुवात गरिएको थियो । बालबालिकाहरुको व्यक्तित्व विकास, बौद्धिक विकास र कला प्रतिभाको बिकासले भोलिको सबल राष्ट्र निर्माणमा सघाउ पु¥याउन मद्धत पुग्ने विश्वासका साथ यस किसिमको कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा क्रिएटीभ वल्र्डका प्रबन्ध निर्देशक प्राज्ञ शान्तिराम राईले बताए ।
अन्य सव टाईटलको उपाधि चुम्नेहरुमा मस्ट ट्यालेन्टेड जुनियरबाट सन्ध्या केसी, सिनियरबाट असल अधिकारी, बेष्ट पर्सोनालिटीमा जुनियरबाट समा मल्ल ठकुरी, सिनियरबाट स्नेहा बज्राचार्य र बेष्ट परफरमेन्समा जुनियरबाट निश्चला अधिकारी, सिनियरबाट अनुभुति श्रेष्ठ रहेका छन् । त्यस्तै मोस्ट फोटोजेनिकमा जुनियरबाट स्नेहा बज्राचार्य, सिनियरबाट कसीस जीसी, बेष्ट डिसीप्लिनमा जुनियरबाट सम्या रायमाझी, सिनियरबाट साराह श्रेष्ठ, क्युटेष्ट चाईल्डमा जुनियरबाट बिभुती श्रेष्ठ, सिनियरबाट प्रमिला राई र मोष्ट ईन्टेलीजेन्टमा जुनियरबाट आलोक घिमिरे, सिनियरबाट ग्रीष्मा ढुंगाना रहेका छन् ।
त्यस्तै मोष्ट कन्फीडेन्टमा जुनियरबाट निर्णयसिंह बस्नेत, सिनियरबाट अनिशा पौडेल, बेष्ट स्माईलमा
जुनियरबाट अन्वेशा न्यौपाने, सिनियरबाट आकृति स्याङ्तान, बेष्ट फ्रेन्डशीपमा जुनियरबाट पल्छीन
केसी, सिनियरबाट मिक्सा आङ्देम्वे, मोष्ट सिन्सियरमा जुनियरबाट एन्जिला ढकाल, सिनियरबाट अर्पण
घलान, स्मार्ट चाईल्डमा जुनियरबाट युनिशा सुवेदी, सिनियरबाट कृपा भट्टराई रहेका छन् ।
यसैगरी मोष्ट हेण्डसममा जुनियरबाट रिजेन कायस्थ, सिनियरबाट सक्षम गुरुङ, मोष्ट ब्युटीफूलमा
जुनियरबाट खुशी आचार्य, सिनियरबाट जेनी महर्जन, मोष्ट पपुलरमा जुनियरबाट बन्दना ओली,
सिनियरबाट प्रिजम खनाल, मोस्ट अबिडियन्टमा जुनियरबाट स्वाती सिंह, सिनियरबाट प्रेक्षा राई,
मोस्ट हेल्पफूलमा जुनियरबाट योगीशा तिमील्सिना, सिनियरबाट कुशल सापकोटा, बेष्ट लिडरसिपमा
जुनियरबाट जेसिका डंगोल, सिनियरबाट पुर्णिमा बस्नेत रहेका छन् ।
यसै गरी साधना कला केन्द्रबाट २ जनालाई ६ महिनाको लागि नृत्य छात्रवृत्ति अवार्ड प्रकृति भुजेल र
सुम्निमा राईलाई र संगीतकार सुनिल मास्केबाट इन्द्रकला राईलाई निशुल्क गीत रेकर्डीङ अवार्ड
प्रदान गरिएको छ भने उत्कृष्ट अभिभावक सम्मान –जुनियरबाट बन्दना वलीकी अभिभावक र पल्छिन केसीकी अभिभावक अनि सिनियरबाट अनुभुति श्रेष्ठ तथा असल अधिकारीको अभिभावकलाई प्रदान गरिएको छ ।






