काठमाडौं,
चैत ३० ।
क्याटभिजन प्रोडक्सन् प्रा. लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘ब्ल्याक डायरी’ आगामी वैशाख २२ गतेबाट देशभरका सिनेमाघरमा एकसाथ आउँने भएको छ ।
फरक खाले विषय सहित दर्शक माझ आउन लागेको भनिएको यस चलचित्रमा बाइक स्टण्डको पाटो रोमाञ्क रहेकोले आम दर्शकहरुले यो चलचित्र मन पराइ दिनेमा निर्माण पक्ष ढुक्क देखिन्छन् । युवा पिढिबम बाइकर्स युवाहरुको कथामा आधारित रहेर निर्माण गरिएको यस चलचित्रमा दर्शकहरुले थ्रिल र रोमान्च प्रसस्त मात्रामा पाउने निर्माणपक्षले जनाएको छ ।
बाइक स्टण्डका युवा–पुस्ता र नेपाली सिनेमाको पुराना पुस्ताका सदाबहार नायक भुवन के सीलगायतका कलाकारहरु समाबेश गरी निर्माण गरिएको चलचित्र ‘ब्ल्याक डायरी’ सस्पेन्स र थ्रिलमा आधारित चलचित्र हो ।
पत्रकार सबिन शाक्यको प्रस्तुती रहेको चलचित्र ब्ल्याक डायरीमा भुवन केसी, रमेश सिंह, पुजा भट्ट, बबिता घिमिरे, पवन कार्की, अभय कुँवर, रोमा भण्डारी, अञ्जु महर्जनलगायतका कलाकारहरु अभिनय रहेको छ । चलचित्रलाई निर्देशन सुजन घिमिरेले गरेका हुन् भने निर्माण अनोज अधिकारीको रहेको छ ।






