रङ्ग कर्ममा भोलाको व्यस्तता

काठमाडौं,
चैत २८ ।
नाटकमा आफूलाई प्रस्तुत गर्दै आएका रङ्गकर्मी भोला अधिकारी अहिले भने म्युजिक भिडियोमा व्यस्त देखिन्छन् । २ बर्ष अगाडी ‘पुवै मोरङको’बोलको गीतमा मोडलिङ गरेका थिए उनले । उक्त म्युजिक भिडियोले उनलाई चर्चामा ल्याए पनि त्यस पछि उनी अन्य गीतमा देखिएका थिएनन् ।

नाटक निर्देशन र अभिनयमा देखिदै आएका भोला यतिखेर नाटकमा भने देखिएका छैनन् । आजभोली उनीलाई म्युजिक भिडियोमा अभिनय र निर्देशनमा गर्न मै फुर्सद नभएको दावी गर्छन् ।

यो महिना मात्रै उनले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । लोक गायिका पुर्ण कला बिसीको आवाजमा रहेको पञ्चेबाजा लोक भाका, मेनुका राईको ‘बासको चोयाले….,’ बुद्धबहादुर खत्रीको ‘के छ मनको सुर…’, गोमा कटुवालको ‘बरले भुई छुदा…’ दिनेश डाँगीको ‘पिर नगर सानु….’लगायतका गीतमा अभिनय गरिसकेका छन् उनले । त्यस्तै शिव परियार, मेलिना राईको आवाजमा रहेको गीतमा पनि आफू आउँन लागेको उनले बताए ।

‘अहिले नाटक भने केहि समयका लागि नगर्ने सोच बनाएको छु’, उनले भने । नाटक गर्नलाई अभ्यास गर्ने समय छैन । गीतहरुमा अभिनय गर्न जस्तो सजिलो नाटक होइन । गीतमा केहि मिले भने कट गरेर फेरी गर्न सकिन्छ तर नाटकमा मिल्दैन, उनले कुरा थप्दै भने ।

आगामी वैशाखको अन्तिम हप्ता एकल अभिनय गर्ने सोच बनाएका भोलालाई यतिखेर हाँस्य टेलिसिरियल ‘व्रेक फेल’मा पनि देख्न सकिन्छ । आफू एक चलचित्रका लागि पनि अनुबन्धित भएको उनले सुनाए ।

यसमा तपाइको मत

अन्य समाचार