समाज परिवर्तनका लागि साहित्यको अतुलनीय भूमिका

नुवाकोट
चैत २७,

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् माननीय सांसद बहादुरसिंह लामाले समाज परिवर्तनका लागि साहित्यको अतुलनीय भूमिका रहेको कुरा बताए । उक्त कुरा उनले नुवाकोट साहित्यिक प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान तथा कवि अप्सरा तिम्सिनाको एकल कविता वाचन कार्यक्रममा बताएका हुन् ।

जीवनको अनुभुति र यथार्थसँग जोडिएर आउने कल्पनाको अभिलेख नै साहित्य हो भन्दै सांसद लामाले साहित्य चिन्तन र कलाको समष्टिगत अभिब्यक्ति रहेको समेत बताए ।
लामाले भने – ‘साहित्य जीवन र समाजका लागि हुने हुँदा साहित्यकारहरु गम्भिरतापूर्वक लाग्नु पर्छ ।’
उनले विश्व जगतमा साहित्यको मोह ब्यापाक रहेको बताउँदै नेपाली भाषा साहित्यको विकासका लागि राज्यले यथोचित बजेट बिनियोजित गर्न कन्जुस्याइँ गर्न नहुने कुरामा जोड दिए ।
उक्त कार्यक्रममा सांसद लामाले नेपाली भाषा साहित्यमा पुर्‍याए योगदानको उच्च मुल्याङ्कन गर्दै हेटौंडा निवासी स्रष्टा अप्सरा तिम्सिनालाई नारी स्रस्टा सम्मान २०७३ बाट सम्मानीत गरिएको थियो ।
सम्मानीत कवि तिम्सिनाले अस्वस्थ अभिभावक, सन्तान, भान्से, अभिलाषा , अमरप्रेम, म त भान्से, जिजिबिसा, जेब्राक्रस, छरिएका अस्थिपन्जरहरु र आमाको शिशु कक्षामा गरी जम्मा १०थान कविता वाचन गरेकी थिइन । वाचित ती कविता बान्किला र कसिला थिए । अझ भनौ विम्ब, प्रतीक, अलङ्कारले यथोचित संयोजनले गर्दा ती कविता ओजनदार थिए ।
वाचित कविताको समीक्षा तथा बिश्लेशषण समीक्षक द्वय शिवसुन्दर पुडासैनी र बद्रीवृन्द गजुरेलले गरेका थिए ।
कार्यक्रममा विशेष अतिथि वरिष्ठ साहित्यकार मुना अर्यालले साहित्यलाई बन्दनले छेकिदैन भन्दै नेपाली साहित्यमा नेपाली नारी स्रस्टा जुनकीरी झैं फैलनु पर्छ भने ।
अर्का विशेष अतिथि सम्भुप्रसाद शर्माले कठोर चिजलाई साहित्यले पगाल्ने कुरा बताउँदै सभ्य र अनुसासित नागरिक साहित्यले जन्माउने बताए
नुवाकोट सहित्य प्रतिष्ठानका सभापति श्रीराम श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा केसबलाल श्रेष्ठ , हरि घिमिरे, मुकुन्द अधिकारी, शिव अधिकारी, कपिलप्रसाद फुँयाल, सुमित्रा सुमी, बिष्णुप्रसाद सापकोटा, शिवकुमारी डङ्गोल, रामकृष्ण गजुरेल, राजेन्द्र सिलवाल, बासु सापकोटा, बिन्दा अर्याल, गीता पुडासैनी, लवबहादुर डङ्गोललगायतका ब्यक्तिहरुले आ–आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन भगवती घलेले गरेकी थिइन ।

उक्त कार्यक्रममा सामुदायिक कल्याण केन्द्र नुवाकोटले भैरवी सेवा नुवाकोट सीप विकास प्रशिक्षण केन्द्र तथा कोसेली घरलाई एक थान कम्प्युटर र पुष्कर सुनार, बिनिता बोगटी र विशाल खड्कालाई जनही नगद रु १५००का दरले छात्रवृत्ति समेत बितरण गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार