काठमाडौं,
चैत २७ ।
नयाँ वर्षको अवसरमा यही वैशाख १ गते नवजीवन युवा क्लबले लागु औषध दुर्वेसनी विरुद्ध साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । कलाकार निर्मल शर्माको संयोजकत्वमा हुन लागेको यो कार्यक्रमको नेपाल डायरीज प्रा.लिले व्यवस्थापन गर्ने आइतबार प्रेस भेटघाट गर्दै जानकारी गराइएको हो ।

उक्त साङ्गीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु कबवेभ ब्याण्ड, द स्याडो नेपाल ब्याण्ड, समसरा ब्याण्ड, गायक नरेन लिम्बु, हास्य कलाकार सन्दिप क्षेत्री, अष्ट्रो ब्याएजोन (डान्स ग्रुप), डिजे नेवाङजस्ता कलाकारको प्रस्तुती रहने छ ।
त्यस्तै चलचित्र ‘सायद–२’का कलाकार सुनिल श्रेष्ठ, सरुण श्रेष्ठ तथा अन्य कालाकारका साथ विशेष उपस्थिति सहितको प्रस्तुति रहने यो कार्यक्रम ‘से नो टु ड्रगः म्युजिक कन्सर्ट फर ड्रग फ्रि सोसाइटीको दोस्रो संस्करण हो ।

युवाहरुलाई ड्रगबाट मुक्त गर्ने उद्देश्य रहेको यो कार्यक्रमलाई सामाखुसी युवा क्लब, उइज्डम फाउनडेसन, ह्यापी इभेन्ट प्राली, सिफल सामाखुसी युवा गाएजको विशेष सहयोग रहने आयोजक संस्था नव जीवन युवा क्लवका अध्यक्ष प्रतिक श्रेष्ठले बताए । ‘पछिल्लो पुस्तालाई ड्रगबाट टाढा राख्नका लागि यस्ता कार्यक्रमहरु फलदायी रहने र आफूहरुको मुख्य उद्देश्य ड्रगका बारेमा सचेतना जगाउने रहेको छ’, कार्यक्रम संयोजक निर्मल शर्माले भने ।






