काठमाडौं
चैत २४ ।
भरखर १० कक्षामा अध्यनरत निश्चल लामाको स्वर माधुर्यता कुनै स्थापित गायकको भन्दा कम छैन । उनले चर्चित गीतकार अरुण तिवारीको शब्दमा रहेका गीत रेकर्ड गराएका छन् ।
‘मायाको अर्थ मिलन नै हो भने, जीवनमा भन साथी बिछोड किन हुन्छ
मनले मन पराउनु मनको नै दोष भए, त्यो भूलमा भन साथी आ“खा किन रुन्छ’
बोलको गीतलाई विक्रम थापाले सङ्गीत भरेका छन् । यो गीत गीतकार तिवारीकै शब्द रहेको कुनै समयको चर्चित गीत कर्ण दासको स्वरमा रहेको ‘जन्मिदा एक्लै मर्दा नि एक्लै’को सिक्वेल गीत हो । यो गीतले दर्शन र प्रेम बियोगलाई समेट्ने प्रयत्न गरिएको गीतकार तिवारीले बताए ।
उनले थप्दै भने– ‘नव गायक भए पनि निश्चलले मेरो गीत गज्जबले गाएका छन् । कर्ण दासको स्वरमा सजिएको …जन्मिदा एक्लै, मर्दा नि एक्लै….को सिक्वेल गीत हो यो, म धेरै अशाबादी छु’ गीतकार अरुण तिवारीले भने । गीतको भिडियो सञ्चारकर्मी तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गर्दैछन् ।






