चिताक बिछ्यौना…सार्वजनिक

काठमाडौं
फागुन ५ ।

गायक शितल कार्कीको स्वरमा रेकर्ड भएको नया“ गीत ‘चिताक बिछ्यौना…’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एउटी अबोध बालिकाको कलिलो उमेरमै निधन भएको वास्तविक घटनामा आधारित रहेर गीत बनाइएको हो ।

सर्पको टोकाइबाट जीवन गुमाएकी ती अबोध बालिका गायिका शितल कार्कीकी भतिजी हुन् । यूट्युब मार्फत सार्वजनिक भएको उक्त भिडियोमा तराई मूलका एक दम्पत्तिले आफ्नो सन्तान गुमाएको विषयलाई चित्रण गरिएको छ ।

भिडियोलाई सुरेश थापाले निर्देश्ँन गरेका हुन् । गायक कार्कीकै संगीत रहेको गीतमा अभिनेता दिलिप रायमाझी तथा अनिता दंगालले निधन हुने सन्तानको बुवा–आमाको भूमिका निर्वाह गरेका छन् । उनीहरुको सन्तानको भूमिका प्रत्युष सुवेदीले निर्वाह गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार