नबराजको पुनरागमन

काठमाडौं
माघ २४ ।

नेपाल बाहिर अमेरिकामा बस्दै आएका कलाकार नबराज श्रेष्ठ नेपाली कला क्षेत्रमा पुनः देखिने भएका छन् । चलचित्र गुडलक, स्काउट, जोकर, बादल जस्ता चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरि सकेका नवराज नयाँ चलचित्रको तयारीमा छन् जुन आगामी बैशाख देखि छायाँकन हुँदैछ ।

नेपाली कला क्षेत्रसँग म यसरी जोडिएको छु की यो क्षेत्रबाट टाढा हुन सक्दैन र त्यसैले पुनः आउको छु उनले भने । आफ्नो कलाकारिता प्रतिको मोह, लागाब, मेहनत र परिश्रमलेनै पुनः यो क्षेत्रमा आफुलाई तानेको उनी बताउछन ।

हालै अमेरिकाको डेनभर कोलोराडोमा सम्पन्न ग्लोबल नेपाली फिल्म अवार्डको संयोजक समेत रहेका श्रेष्ठको आगमनले नेपाली चलचित्र क्षेत्रमा कतिको उर्जा थप्ने हो त्यो त उनका आगामी दिनहरुले नै प्रष्ट पार्ने छ तर उनी भने नयाँ जोस जागरका साथ यो क्षेत्रमा केही गरौ भनेर लागि परेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार