काठमाडौं ।
टु ड्रप्स ब्यान्डको नयाँ गीत डेटिङ जाँउनको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उद्धब भट्टराई र अनिता चन्दको रोमान्स छ भने बाल कलाकार ओम भट्टराईलाले पनि अभिनय देखाएका छन् ।
सुरज दाहालको शब्द रहेको यो गीतमा विवेक लामाको स्वर रहेको छ । प्रसन्न रिमालको संगीत र भिडियो निर्देशन रहेको गीतलाई जयकुमार दर्लामी मगरले छायाँकन गरेका हुन् । ‘गीत पछिल्लो पुस्तालाई लक्षित गरि निर्माण गरिएको निर्देशक प्रशन्न बताए ।
https://www.youtube.com/watch?v=fa03xV1iSag






