कोशी पुर्वको रमणीय स्थानान पैले माया

इटहरी,
ज्येष्ठ १६ ।

गायक प्रमोद खरेलको स्वर रहेको ‘पैले माया…’ गीतको भिडियो छायांकन भएको छ । कोशी पुर्वको विभिन्न रमणीय स्थानहरुमा छायांकन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ ।

गीतकार सालिक ओली खत्रीले लेखेको गीतमा रमेश श्रेष्ठले सङ्गीत गरेका हुन् भने सन्दिप कार्कीले एरेन्ज गरेका छन् । गीतको भिडियोमा रोहित घिमिरे, पुजा दाहाल र बिनोद घिमिरेले अभिनय गरेका छन् ।

रोहितको अभिनयमा यो दोस्रो म्युजिक भिडियो हो भने बिनोद र पुजा यसै भिडियो मार्फत भिडियो यसक्षेत्रमा डेब्यु गरेका छन् ।

भिडियोलाई डिथ्री प्रोडक्सन नेपालको प्रस्तुतिमा सुवास संकल्पले निर्देशन गरेका छन् भने उनैले भिडियोको कन्सेप्ट तयार गरेका हुन् ।

असारको पहिलो हप्ता सार्बजनिक गर्ने तयारि गरिएको भिडियोमा मार्टिना मेकअप स्टुडियो ईटहरीकी उर्वी श्रेष्ठले मेकअप गरेका छन् भने सुमन तामाङले क्यामेरा तथा ड्रोन चलाएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार