अनेसासको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण तथा पद हस्तान्तरण

काठमाडौं, साउन ८ । २१३औं भानुजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास डिसी मेट्रो च्याप्टरको संयोजनमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम अमेरिकाको भर्जिनियामा सम्पन्न भएको......

‘पहिलो प्रेम’को अनुभूति बोकेर ‘मनदेखि मनसम्म’को आठौं संस्करण हुँदै

✍️ अर्जुन प्रधान ल्यानकास्टर, अमेरिका, ५ साउन । नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय संस्था ‘साहित्य कला संगम’ ल्यानकास्टरले यही जुलाई २५, २०२६ मा आफ्नो लोकप्रिय काव्य शृङ्खला ‘मनदेखि मनसम्म’को आठौं संस्करण आयोजना......

आज २१३औँ भानु जयन्ती विविध कार्यक्रमगरी मनाइँदै

काठमाडौं, असार २९ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती । यस अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी भानु जयन्ती मनाइँदै छ । विसं १८७१ असार २९ गते तनहुँको......

हरिप्रसाद चौलागाईंको कवितासंग्रह ‘देश बाँचे म बाँच्दछु’ लोकार्पण

काठमाडौं, असार २८ । कवि हरिप्रसाद चौलागाईंको कवितासंग्रह ‘देश बाँचे म बाँच्दछु’ राजधानीमा आयोजित एक समारोहबीच आइतबार लोकार्पण गरिएको छ । प्राडा।रामप्रसाद ज्ञवाली, प्राडा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, समालोचक ठाकुर शर्मा भण्डारी,......

सुप्रमा-ईशप्रमा पुरस्कार वितरण तथा तीन कृतिको लोकार्पण

✍️ केदार सङ्केत लन्डन, २८ असार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाको आयोजनामा शनिबार लन्डनस्थित टेस्ट अफ पर्सिया रेस्टुरेन्टमा २१३औँ भानुभक्त आचार्य जयन्ती, ९५औँ ईश्वरप्रसाद मानन्धर जयन्ती, सुप्रमा–ईशप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२६ सम्मान तथा......

रावासावा प्राज्ञिक समाजद्वारा सम्मान, पुरस्कार र नयाँ नेतृत्व चयन

काठमाडौं, असार २८ । रावासावा प्राज्ञिक समाज नेपालले आफ्नो १३औँ वार्षिक साधारणसभाको अवसर पारेर शनिबार काठमाडौंमा विशेष समारोह आयोजना गर्दै विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई ‘रावासावा सम्मान’ तथा ‘कमलाभक्त कला/साहित्य पुरस्कार’ प्रदान गरेको......

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट सार्वजनिक

काठमाडौं, असार २६ । साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुला ‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२’ अन्तर्गत उत्कृष्ट २५ कविताको नतिजा सार्वजनिक गरेको छ । संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार वरिष्ठ समालोचक प्रमोद......

श्रव्यमा स्रष्टा खेमनाथ दाहालको ‘अहोरात्र’

काठमाडौं, असार १९ । नेपाली साहित्यका चर्चित स्रष्टा खेमनाथ दाहालको बहुचर्चित उपन्यास कृति ‘अहोरात्र’ (श्रव्यकाव्य) अब अडियोबुकका रूपमा सार्वजनिक भएको छ । गोल्डेन क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त अडियोबुकमा वरिष्ठ वाचक गणेश सुवेदीको......

पत्रकार देवेन्द्र भट्टराई अमेरिकाको सिनसिनाटीमा सम्मानित

अर्जुन प्रधान, असार १६ । देवेन्द्र भट्टराई अमेरिकाको सिनसिनाटीमा सम्मानित हुनुभएको छ । भुटानी शरणार्थी, मानव अधिकार तथा राजनीतिक बन्दीहरूको विषयमा तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै उहाँलाई विशेष सम्मान प्रदान गरिएको......

धान दिवसका अवसरमा साहित्यिक पत्रकार संघको शुभकामना आदानप्रदान तथा सम्मान

काठमाडौं, असार १६ । राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसरमा साहित्यिक पत्रकार संघले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । ‘जलवायुमैत्री प्रविधि : धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा......