अनिताको ‘पराई’ (भिडियोसहित)

काठमाडौं ।
वैशाख १३ ।

नवगायिका अनिता कुँवरको ‘पराई’ बोलको गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बिच बरिष्ठ गायक भिमसेन लामाको उपस्थितीमा गीतको प्रिमियर गरियो । गीतमा अजुमीको शब्द तथा रोशन राज गुरुङको संगीत छ । यस्तै गीतको भिडियोमा गणेश अग्रवाल, सुर्जनी केसी र सुजता राउतको अभिनय छ । भिडियो सञ्जय पाण्डेयले निर्देशन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ गायक भिमसेन लामाले गायिका कुँवरको तारिफ गरे । ‘नयाँ भएपनि पुराना कलाकारको जस्तो स्वर छ, गीतको शब्दअनुसारको मिठास पाएँ’, उनले भने । भिडियो निर्देशक पाण्डेयले गीतले बोले अनुसार भिडियो बनाएको बताए । ‘गीतको कथालाई भिडियोमा उतारेको छु, शब्द नमरोस् भनेर सक्दो कोसिस गरेको छु’, पाण्डेयले भने । साथै भिडियोका कलाकार गणेश र सुर्जनीले पनि भिडियोमा काम गर्दाका आ–आफ्नो अनुभव सुनाएका थिए ।

गीत भकारी म्युजीकले बजारमा ल्याएको हो । यस कम्पनीका निर्देशक तथा गीतकार बसन्त बित्यासी थापाले पछिल्लो समय बजारमा गीतसंगीतमा आएको बिकृतीलाई चिरफार गर्ने गीत बनेको बताए । उनले गीतको गुणस्तर भएकोले आफ्नो कम्पनीबाट बजारमा ल्याएको पनि बताए । भिडियो चक्र महर्जनले खिचेका हुन् भने दिनेश जंग रानाले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार