मोडलिङ तथा सिने क्षेत्रमा डेस्टिनि

काठमाडौं,
वैशाख ७ ।

हरेक वर्ष नेपाली कला क्षेत्रमा धेरै युवाहरुको आगमन हुने गर्दछ । केहीको रहरमा मात्रै सिमित हुन्छ भने केहीले यसलाई आफ्नो जीवनको लक्ष्य बनाएर अगाडि बढने गर्दछन् । त्यस्तै चाहना लिएर बिगत दुई वर्षदेखि मोडलिङको भीडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी मोडल हुन डेस्टिनि तामाङ । अहिले उनि आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन ।

ब्यबसायिक रुपमा मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल डेस्टिनि तामाङले केही म्युजिक भिडियोमा अभिनय प्रदर्शन गरिसकेकी छिन भने केही गीतहरूमा पनि आफ्नो आवाज भर्ने तरखरमा छिन ।

बिभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रमा आफ्नो जादुमय नृत्य तथा अभिनय प्रस्तुत गरि सकेकी मोडल डेस्टिनि तामाङले चर्चा कमाउन थालेकी छन् ।

नृत्य तथा अभिनयमा पोख्त डेस्टिनि मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

‘चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु’, हेटौडा जन्मथलो भएकी उनले भनिन् ।

यसमा तपाइको मत

अन्य समाचार