साङ्गीतिक उत्सव मनाउँद मङ्गोलियन हर्ट

काठमाडौं,
बैशाख ५ ।

‘मङ्गोलियन हर्ट’ एकपटक फेरि जाग्दैछन् । ‘उभोउभो खासा म जाँदा’, ‘नतानुँ त तानुँतानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’जस्ता गीतमार्फत स्रोता तथा दर्शकको मनमटुमा बस्न सफल नेपाली साङ्गीतिक समूह ‘मङ्गोलियन हर्ट’ले २५ वर्ष पूरा गरेको अवसरमा साङ्गीतिक उत्सव मनाउँदैछ ।

मङ्गलबार राजधानीमा पत्रकार भेटघाट गरी साङ्गीतिक उत्सव ‘रजत जयन्ती’ मनाउने तयारी गरेको ‘मङ्गोलिनय हर्ट’ जनाएको हो । पत्रकार भेटघाटमा बोल्दै ब्याण्डका सदस्य तथा गायक राजु लामाले भने, ‘साङ्गीतिक यात्राको यो २५ वर्ष पार गर्दा निकै खुसी लागेको छ ।’ कार्यक्रम आउँदो शनिबार अर्थात ८ बैशाखमा राजधानीको टुसालस्थित ह्यात ग्राउण्डमा हुनेछ । उक्त साङ्गीतिक उत्सवलाई ब्याण्डले कन्सर्ट च्यारिटीका रुपमा लिएको छ । आफ्नो २५ वर्षे यात्राको सफलता भएकाले शोको टिकट २५ रुपैयाँ मात्र राखिएको ब्याण्डले जनाएको छ ।

‘मङ्गोलियन हर्ट सांगीतिक उत्सव’ नाम दिइएको ‘रजत जयन्ती’मा देशका अधिकांश चर्चित तथा ख्यातीप्राप्त गायक/गायिकाहरुको सहभागिता रहने ‘मङ्गोलियन हर्ट’का सदस्यमध्ये गायक राजु लामाले बताए ।

उनले आफ्नो साङ्गीतिक यात्राको उताव–चढावसँगै दर्शक तथा श्रोताबाट पाएको माया र हौसलालाई कायम राखि राख्न रजत जयन्ती मनाउन लागेको पनि सुनाए ।

यसमा तपाइको मत

अन्य समाचार