यस्तो आयो डमरुको डन्डीबियो ट्रेलर

काठमाडौं,
चैत २१ ।

छेतेन गुरुङको निर्देशन रहेको चलचित्र ‘डमरुको डन्डीबियो’ ट्रेलर सार्वजनिक भएको छ । नेपाली खेल डण्डीबियोमा आधारित रहेर निर्माण गरिएको यो चलचित्र ‘फ्यामिली स्पोर्ट ड्रामा’ रहेको निर्माण पक्षल बताएको छ । ट्रेलरमा पनि खेलका मुख्य अंश राखिएका छन् ।
खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङलगायतका कलाकारको अभिनय रहेको छ ।

२१ बैशाखबाट प्रदर्शनमा आउने चलचित्र समृद्दी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो । नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको चलचित्रमा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार