काठमाडौं,
फागुन ९ ।
नायक श्रीदेव भट्टराई अब गायका रुपमा देखिएका छन् । चलचित्रमा नायक र थुप्रै गीतको भिडियोमा मोडलका रुपमा देखिएका साथै कुशल कार्यक्रम सञ्चालक श्रीदेवको स्वरमा ‘नजानु छोडी मलाई….’ सार्वजनिक भएको हो ।
निर्मल शर्माको शब्द लाई मनोज चौलागाईले सङ्गीत संयोजन गरेका छन् । श्रीदेव, श्रीजना र उमेश फिचरिङ भिडियोलाई भविन्द्र तमाङले निर्देशन, छायाँकन र सम्पादन गरेका हुन् । कतारमा छायाँकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ ।






