सूर्यको संगीतमा प्रमोद खरेलको ‘निष्ठुरी’ (भिडियोसहित)

काठमाडौं,
असोज २१ ।

नेपाली संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय संगीतकार तथा गायक सूर्य राई दनुवारको संगीतमा तयार भएको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ ।

प्रमोद खरेलको स्वर रहेको गीतमा प्रेम, भावना तथा सम्बन्धका विविध पक्षलाई प्रस्तुत गरिएको छ । गीतले प्रेम सम्बन्धमा आउने भावनात्मक उतारचढावलाई समेटेको निर्माण पक्षले जनाएको छ ।

गीतको भिडियोमा बरुण अधिकारी र बिना राउतको अभिनय छ । प्रेमकथामा आधारित भिडियोमा दुवै कलाकारले भावनात्मक अभिनय गर्नुभएको छ । संकल्प भुजेलले छायांकन गरेको भिडियोको दृश्य सम्पादन विकास दाहालले गर्नुभएको छ ।

भिडियोको निर्देशन भने अभिनेता तथा कलाकार बरुण अधिकारीले गर्नुएको हो । गीतको भिडियो एबी फिल्मीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार