घाइते जेन-जी र ‘चंगुल’को सम्झौता

काठमाडौं,
भदौ २५ ।

असोज १६ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘चंगुल’सँग घाइते जेन-जी नेपाल संस्थाले सहकार्य गर्ने भएको छ । चलचित्रको निर्माण कम्पनी रि एण्ड कि फिल्मस्ले चलचित्रको रिलिजपछि आएको मुनाफाको केही भाग घाइते जेन-जीहरूलाई सहयोगार्थ दिने भनी केही दिनअघि प्रस्ताव पठाएको थियो र त्यही प्रस्तावमाथि घाइते जेन-जी नेपालले उक्त सहकार्य स्विकारेको संस्थाका अध्यक्ष बादल राईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । जेन-जी आन्दोलन किन भयो र त्यस अघि र पछिको अवस्था चलचित्रमा चित्रण गरिएको छ ।

मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना लगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको छ ।

यसमा तपाइको मत

अन्य समाचार