सीमरन र सुन्दरको स्वरमा ‘कैलाशबाट हामी दुई…’ (भिडियोसहित)

काठमाडौं,
भदौ २३ ।

नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर गीतकार सुन्दर पन्तको नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’ सार्वजनिक भएको छ । तीजको सांस्कृतिक पक्षसँगै नारी संवेदना, चेतना र पारिवारिक परिवेशलाई समेटिएको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा तीज पर्वसँग जोडिएका सामाजिक तथा सांस्कृतिक विषयलाई सन्देशमूलक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

गीतकार सुन्दर पन्तको शब्द तथा सुवर्ण श्रेष्ठको संगीत रहेको गीतमा सीमरन परियार र सुन्दर हाङ राईको स्वर छ । गीतको रेकर्डिङ हरि सायमीले गर्नुभएको हो भने संगीत संयोजन तथा मिक्स-मास्टरिङ राजिव शाहले गर्नुभएको छ । गीत स्ट्रिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियो तारावीर पाण्डेको निर्देशनमा तयार गरिएको हो । भिडियोमा पवित्रा आचार्य (पाओला) र प्रकाशजंग कार्कीको अभिनय छ । सुनील राउतले छायांकन गरेको भिडियोमा पवित्रा आचार्यकै कोरियोग्राफी रहेको छ ।

त्यस्तै, सुशील डाँगीले भिडियो सम्पादन तथा कलरिङ, निशान एसकेले ग्राफिक्स र रियोन महतले स्टिल फोटोग्राफी गर्नुभएको छ । शृंगार सोम मग्रातीले गर्नुभएको छ । गीत तथा भिडियोले तीजलाई केवल मनोरञ्जनको पर्वका रूपमा मात्र नभई सांस्कृतिक पहिचान, पारिवारिकसम्बन्ध, नारी भावना र सामाजिक चेतनासँग जोडेर प्रस्तुत गर्न खोजेको निर्माता कविता पन्तले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार