सुमन र जियोन फेस अफ नेपाल

काठमाडौं,
भदौ २३ ।

सुमन श्रेष्ठ र जियोन तामाङले ‘फेस अफ नेपाल-२०२६’को उपाधि चुम्नुभएको छ । ग्वार्कोस्थित रोयल टुलिपमा सम्पन्न ग्राण्ड फिनालेमा श्रेष्ठले महिलातर्फ र तामाङले पुरुषतर्फको उपाधि हात पार्नुभएको हो । त्यस्तै, आइस्ता जोशी र अनिशा श्रेष्ठ पनि प्रतियोगिताका विजेता घोषित हुनुभएको छ । उपाधि विजेता चारैजनाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । एमएस प्रोडक्सनको आयोजनामा भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा आठ महिला र ११ पुरुष गरी १९ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए ।

बाढीपहिरोलगायत प्राकृतिक विपत्तिको प्रतिकूल अवस्थाबीच प्रतियोगिताको फिनाले आयोजना गरिएको हो । विपत्तिको अवस्थालाई मध्यनजर गर्दै आयोजकले यसअघि तय भएको मितिभन्दा एक साता कार्यक्रम सारेको थियो । तर, प्रायोजक तथा फिनालेको स्थान पहिल्यै तय भइसकेकाले थप समय सार्न सम्भव नभएको राष्ट्रिय निर्देशक मेनुका माझीले बताउनुभयो । उहाँका अनुसार आयोजकले बाढीपहिरो प्रभावितलाई राहतसमेत वितरण गरेको थियो ।

फिनालेको निर्णायकमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, ‘फेस अफ नेपाल-२०२१’ तथा अभिनेत्री-मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, ‘फेस अफ नेपाल २०२४’का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एण्ड इन्टेरियरका संस्थापक एवं फेशन डिजाइनर सुकनीता चौलागाईं तथा नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत एवं ग्लोबल इक्विटी फण्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार