‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन-१ को अगस्तको विजेतामा आश्वीन पौडेल

काठमाडौं,
भदौ २२ ।

युट्युबमा प्रसारण हुँदै आएको ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन-१ को अगस्त महिनाको विजेता आश्वीन पौडेल घोषित हुनुभएको छ । गायनतर्फको प्रस्तुति दिनुभएका पौडेलले दर्शकको प्रतिक्रियाका आधारमा एक हजार ६९ लाइक, चार हजार ७९० भ्युज र ६ हजार ९२८ पोइन्ट प्राप्त गर्दै विजेता बन्नुभएको हो ।

आयोजक आईआईएमटी नेपालका अनुसार विजेता पौडेलले नगद ५० हजार रुपैयाँ, प्रमाणपत्र तथा विशेष अन्तर्वार्ताको अवसर प्राप्त गर्नुहुनेछ । यसअघि जुलाई महिनाको विजेता गिनिज अधिकारी घोषित हुनुभएको थियो । मोबाइल वा क्यामेरामार्फत घरबाटै आफ्नो प्रतिभाको भिडियो पठाएर सहभागी हुन सकिने प्रतियोगितामा भौतिक रूपमा उपस्थित हुनुपर्ने व्यवस्था छैन । गायन, अभिनय, नृत्य, वाककलालगायत जुनसुकै विधामा देशका विभिन्न स्थानबाट सहभागी हुन सकिने आयोजकले जनाएको छ ।

प्राप्त प्रस्तुतिहरू निर्धारित मापदण्ड अनुसार समीक्षागरी आधिकारिक डिजिटल मञ्चमा सार्वजनिक गर्ने र दर्शकको छनोट तथा मतका आधारमा विजेता घोषणा गर्ने व्यवस्था रहेको आईआईएमटी नेपालले जनाएको छ । प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन अगस्त २०२६ देखि ‘आईआईएमटी गोल्डेन एरो अवार्ड’ र ‘आईआईएमटी बुल्सआई अवार्ड’ समेत सुरु गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार