काठमाडौं,
भदौ २२ ।
हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘छड्के तिलहरी’ निर्माण गरिएको छ । तीजको मौलिक सांस्कृतिक पक्ष र नारी भावनालाई केन्द्रमा राखेर तयार पारिएको गीतमा सिक्किम निवासी सुष्मा गुरुङको स्वर रहेको छ ।
डीपी खनालको शब्द, तारा प्रकाश लिम्बुको संगीत र राजन इशानको संगीत संयोजन रहेको गीतको रेकर्डिङ दिल समर्पण तथा मिक्स-मास्टरिङ चन्द्र चौधरीले गर्नुभएको हो । गीत अकेस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको भिडियोमा पवित्रा आचार्य (पाओला) र रामेश्वर जङ केसीले अभिनय छ । सुनील राउतको छायांकन रहेको भिडियोमा पवित्रा आचार्यकै कोरियोग्राफी छ । सुशील डाँगीले सम्पादन तथा कलरिङ, निशान एसकेले ग्राफिक्स र रियोन महतले स्टिल फोटोग्राफी गर्नुभएको छ ।
गायक तथा संगीतकार तारावीर पाण्डेको निर्देशनमा तयार भएको गीत तथा भिडियोले तीजसँग जोडिएका सांस्कृतिक, पारिवारिक र नारी संवेदनालाई प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।







