‘बेहुली’को ‘म भईन भने’ (भिडियोसहित)

काठमाडौं,
भदौ ९ ।

यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली’को दोस्रो गीत ‘म भइन भने’ सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘दिलमा ठाउँछ’ युट्युबमा एक करोड भ्युजको नजिक पुगिरहेका बेला निर्माण टोलीले नयाँ रोमान्टिक गीत सार्वजनिक गरेको हो ।

सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको गीतमा चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतको एरेञ्ज उदयराज पौडेलले गर्नुभएको हो ।

उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियो दार्जिलिङ, मिरिक र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । भिडियोमा मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रतापशमशेर राणा निर्माता तथा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता हुनुहुन्छ । चलचित्रको काठमाडौं उपत्यकामा काफिया फिल्मस् र उपत्यकाबाहिर श्रीव्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार