‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

काठमाडौं,
भदौ १० ।

अभिनेता निखिल उप्रेतीको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’को नयाँ टिजर मंगलबार सार्वजनिक गरिएको छ । टिजरमा निखिललाई आकर्षक तथा खतरनाक स्टन्टसहित फरक-फरक अवतारमा प्रस्तुत गरिएको छ ।

एक्सन र इमोसनले भरिएको टिजरमा नेपाली चलचित्रमा कमै देखिने उच्चस्तरका एक्सन तथा स्टन्ट समावेश गरिएको निर्माण पक्षले जनाएको छ । ‘आचार्य’ निखिलको निर्देशनमा बनेको दोस्रो चलचित्र हो ।

चलचित्रमा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी तथा नेपाली कलाकारहरूको अभिनय रहेको छ । पूर्णिका सिजापतिले यसै चलचित्रमार्फत नव-नायिकाका रूपमा डेब्यु गर्दैहुनुहुन्छ ।

सौरभ लामा, मनु विक र नवराज थापाको छायांकन, शुक्रराज शाहको एक्सन निर्देशन तथा बन्दे प्रसादको सम्पादन रहेको चलचित्रको आधिकारिक ट्रेलर असोज १ गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । चलचित्र असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

यसमा तपाइको मत

अन्य समाचार