यस्तो छ ‘जदौ’को टिजर

काठमाडौं,
भदौ ८ ।

आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक झण्डै एक मिनेट लामो टिजरले चलचित्रको प्रेम, पारिवारिक सम्बन्ध र द्वन्द्वमा आधारित कथावस्तुको संकेत दिएको छ ।

टिजरमा दुई पुस्ताको सम्बन्धसँगै त्रिकोणात्मक प्रेम र श्रीमान्(श्रीमतीबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ । प्रभातपाल ठकुरी, नीति शाह, राजश्री थापा, मुकुन भुसाल र ऋचा शर्मालगायत कलाकार टिजरमा देखिनुभएको छ ।

अञ्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको चलचित्रमा विनोद न्यौपाने, नरेश पौड्याल, खड्गबहादुर पुनमगर, सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की, स्वस्तिका चौधरीलगायत कलाकारको अभिनय छ । चलचित्रको कथा, पटकथा तथा संवाद काजी लिम्बुले तयार पार्नुभएको हो ।

सिर्जना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको चलचित्रमा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको द्वन्द्व निर्देशन छ । चलचित्र अन्तरजातीय प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार